News Category 2078/07/04
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका बौना दासलाई घर हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका बौना दासका लागि बनाइएको अपाङमैत्री घर बिहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपा बजार युथ, सप्तरी युथ नेपाल, सवल नेपाल र गाउँपालिकाको सहयोगमा निर्माण भएको उक्त घर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्टिूयसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संयुक्त रुपमा दासलाई घरको साँचो हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले युवाहरुद्वारा गरिएको कार्यको प्रशंसा गर्दै गलत बाटोमा लागेर जीवन बर्वाद गरिरहेका युवाहरुलाई पनि यस्तो कार्यले पक्कै पनि प्रेरणा मिल्ने र सामाजिक रुपान्तरणमा टेवा पुग्ने उल्लेख गरे ।
शारिरीक रुपमा असक्त बौना दासको घर तथा शौचालय निर्माणका लागि सामाजिक मानबिय काममा तोपा बजार युथका अध्यक्ष कौशल यादवलगायत सम्पुर्ण युवाहरुको सकारात्मक सोच एवं पहलमा चन्दा संकलन गरि घर निर्माण गरिएको हो । ३७ वर्षिय बौना दासको उचाई २.५ फिट मात्र रहेको छ ।
तोपा बजार युथका अध्यक्ष कौशल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश २ का आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, केन्द्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेश सभा सदस्यद्वय मनिष सुमन, नेत्रविक्रम साह, सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादव, उपाध्यक्ष मोहन यादव लगायतको उपस्थिती रहको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ