News Category 2078/07/06
लोसपा मधेशको सबैभन्दा ठूलो पार्टी बन्ने : सांसद चौधरी
राजबिराज/प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल आगामी निर्वाचनमा मधेशको सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी क्षेत्र नं. २ सप्तरीद्वारा दिपावली, छठ एवं समाचकेवा पर्वको अवसरमा शनिबार राजविराजमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद चौधरीले सो दाबी गरेका हुन् ।
लोसपाका केन्द्रीय कार्यकारणी समिति सदस्य समेत रहेका सांसद चौधरीले लोसपा पार्टीले मात्र मधेशको अधिकार दिलाउने भएकोले आउने दिनमा मधेशको सबै भन्दा ठुलो पार्टी बन्ने दाबी गरे ।
उनले तत्कालिन सरकारमा मन्त्री भएका उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेका काम हामीले १८ दिनमै मधेशको केही अधिकार दिलाउन सफल भएको जिकिर गरे ।
सो कार्यक्रममा लोसपाका नेता दिनेश यादबले आउने निर्वाचनमा ठुलो पार्टी वनाउन गाउँ गाउमा लोसपा पार्टीको संगठन बिस्तार गर्नका लागि टोल टोलमा सदस्यता बाड्नु पर्नेमा जोड दिदै सदस्यता बितरण कार्यलाई व्यापक बनाउनु पर्ने बताए ।
लोसपा केन्द्रीय नेता गजेन्द्र मण्डलले विभेदको लडाई लड्ने लोेसपा पार्टी लोसपा रहेकोले सम्पुर्ण नेता कार्यकर्ता संगठित भएर एकमत भई जिल्लामा बलियो पार्टी बनाउने संकल्प गरेर अगाडि बढनुपर्नेमा जोड दिए ।
अर्का केन्द्रीय नेता बिनोद सिहले लोेसपा पार्टीलाई ठुलो पार्टी बनाउनका सप्तरीमा १ लाख सदस्यता बितरण गर्ने अभियान अगाडी बनाउनका लागि सम्पुर्ण नेताहरूलाई अभियानमा लाग्नुपर्नेमा बताए ।
सो अवसरमा राजबिराज नगरपालिकाका उपप्रमुख साधना झाले लोसपा पार्टीलाई मजबुत बनाई आउने दिनमा पार्टीलाई देशकै ठूलो बनाउने संकल्पको साथ एकजुट भएर अगाडि बढनुपर्ने धारणा राखिन् ।
लोसपा नेता बिरेन्द्र साहले लोसपा पार्टीको कुनै बिकल्प नभएको बताउदै भने मधेशको उत्पीडन, दलित, मुस्लिमसहित अन्य वर्गको विभेदको अन्त्य गर्नका लागि लोकतान्त्रिक पार्टीको निर्माण भएको उल्लेख गरे ।
पुर्व क्याम्पस प्रमुख अमरकान्त झाले संविधान संशोधनका लागि सबै दललाई गठबन्धन गरे मात्र मधेशीले उठाएको माँगको सम्बोधन हुने बताउदै यसका लागि लोसपा संघर्षरत रहेको बताए ।
लोसपा नेता जय प्रकाश ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्य केशव झा, यूवा नेता दिपेन्द्र चौधरी, जिसस प्रमुख प्रभाकर यादब, लोसपा नेता बिनोद सिँह, मबिव क्याम्पस पुर्व क्याम्पस प्रमुख अमरकान्त झा, लोसपा नेता अमरनाथ मण्डल, रामप्रित यादब, राजबिराज १६ का वडा अध्यक्ष बुचाई दास, रूपनी गाउपालिका १ का वडा अध्यक्ष पिताम्वर यादब, ओबसी महासंघका अगुवा उपेन्द्र साह, लोसपा नेता मोहम्मद कमालउद्विन, महेन्द्र खंग, मबिव क्याम्पस उपप्राध्यापक ललन गुप्ता लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ