News Category 2078/07/08
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
सनराइज बैंक लिमिटेड प्रदेश २ का प्रमुख रोहित महासेठले बैंकले कुनै ग्राहकलाई ठग्ने काम नगरेको स्पष्ट पारेका छन् ।
बैंकको राजविराज शाखामा प्रदेश प्रमुख महासेठले सोमबार संचारकर्मीहरुसँग भेटघाट गर्दै कुनै पनि ऋणीको एक पैसा पनि बढी ब्याज नलिएको भन्दै ऋण चुक्ता गर्ने बेलामा कम्प्युटर सिस्टममा प्राविधिक गडबडी आएकोले फुकुवापत्र दिइसकेर चुक्ता गरिएको ऋण वापतको ब्याज र जरिवाना लिएको जानकारी दिए ।

उनले बैंकबाट कुनै पनि ग्राहकले ऋण लिन्छ, सो बेलामा गरिने सम्झौता पत्रमा ऋण चुक्ता गरिसकेपनि भुलवस कुनै त्रृटीले ब्याज लिन छुट भएमा बैंकले सो ब्याज जहिलेपनि लिन सक्ने प्रावधान रहेको बताए ।
बैंकले ग्राहकलाई कुनै अभद्र ब्यवहार नगरेको उल्लेख गर्दै प्रदेश प्रमुख महासेठले बैंकले जहिलेपनि ग्राहक सन्तुष्ट पार्ने काम गर्ने गरेको बताए । उनले बैंकका कारण ग्राहकलाई पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरे ।
यसअघि सप्तरीको बोदेबरसाइन नगरपालिका ५ स्थित मनि किराना पसलका संचालक कृष्णदेव भगतले बैंकको सबै ऋण चुक्ता गरिसकेर फुकुवापत्र दिइसकेपछि पनि पुन: ब्याज र जरिवाना लिएको भन्दै आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएका थिए ।
पसल संचालक भगतले राजविराजस्थित सनराइज बैंक लिमिटेडमा जग्गा धितो राखी लिएको २ करोड ५० लाख ऋण झण्डै चार महिनाअघि नै चुक्ता गरि गत असार १३ गते फुकुवापत्र समेत पाइसकेको अवस्थामा बैंकले आफूलाई कुनै जानकारी नै नदिई खाताबाट ४ लाख ४७ हजार १ सय ६५ रुँपैया कट्टा गरेको बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ