News Category 2078/07/10

मृत अवस्थामा हरिण फेला

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
    सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौना चोकस्थित राजमार्गमा एक हरिण मृत अवस्थामा फेला परेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले अन्दाजी एक सय किलो वजन भएको जंगली हरिणको सवारी साधनको ठक्करबाट मृत्यु भएको हुन सक्ने जनाएको छ । 
    बुधबार बिहान ७ बजे प्रहरीलाई उक्त घटना बारे खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगि कानुनी प्रकृया पुरा गरेर मृत हरिणलाई ईलाका वन कार्यालय रुपनी सप्तरीको जिम्मा लागाएको जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट