News Category 2071/05/21
विद्युत प्राधिकरणको चरम लापरवाही
नवीनकुमार गुप्ता
राजविराज २० भदौं ।
नेपाल विद्युत प्राधिकरण बितरण शाखा राजविराजबाट खटिएका मिटर रिडर कर्मचारीको लापरवाहीले गर्दा ग्राहकहरु मर्कामा परेका छन् ।
ग्राहकको मिटरमा भएको अंक भन्दा फरक अंक लेखेर मिटर रिडरहरुले ग्राहकलाई विद्युत बिल दिने गरेको व्यापक जनगुनासो आएको छ ।
पछिल्लो पटक राजविराज नगरपालिका वडा नं. ६ स्थित खर्साल टोलमा ग्राहक नं. ०२–१६–०६१ को बिलमा विद्युत मिटर रिडिङ्ग गर्न आएका रिडरले गत महिना बढी अंक लेखेर बिल ल्याएको र साविकको महिनामा पुनः मिटरमा उठेको अंक लेखेपछि ९९२ अंकको फरक पर्न आएको तथा सोको रकम रु. १०६७१ हुन आएपछि सत्यतथ्य खुल्न आएको हो ।
यस्तै ग्राहक नं. ०२–१६–०७२ को मिटरमा समेत गत महिना उठेको अंक भन्दा २९४५ अंक बढी लेखिएर रु. ३२०२० रुँपैयाको बिल आएको र साविक अंकमा पुनः मिटर अनुसार नै अंक आएपछि ग्राहकहरु आक्रोसित हुन पुगेका छन् ।
यो एउटा उदाहरणको रुपमा प्रस्तुत गरिएको तथ्याङ्क मात्र हो । यस्ता जनगुनासो वडा नं. ६ मा मात्र होइन वडा नं. ५ मा पनि आएको छ । राजविराज वडा नं. ५ मा पनि मिटर रिडरले यस्तै गम्भिर त्रृटि बारम्बार गर्दै आइरहेका छन् । वडा नं. ५ स्थित एक घरमा मिटर रिडरले मिटरमा लेखिएको अंक भन्दा फरक अंक लेखि रसिद काट्दै आएका छन् । त्यहा पनि साविकको महिनामा पुनः रिडिङ्ग गर्न आउँदा रकममा फरक पर्न आएपछि ग्राहकहरु आक्रोसित भएका छन् ।
यता प्राधिकरणबाट तोकेको कर्मचारी मिटर रिडिङ्ग गर्न नआई ती कर्मचारीले खेतालाको रुपमा रु. ३ प्रत्येक बिलमा दिने शर्तमा अन्य व्यक्तिलाई खटाएको ग्राहकहरुको गुनासो रहेको छ ।
विद्युत प्राधिकरणको यत्रो ठूलो लापरवाहीले अहिले ग्राहकहरु अक्रोसित हुँदै अब आइन्दा रिडरहरुबाट मिटर रिडिङ्ग नगराउने जानकारी दिएका छन् । अंकै नभएको अंक उल्लेख गरि मिटर रिडरले खटाएको खेतालाले ग्राहकरुलाई अंक मिलाई दिन्छु भनी रु. ५ हजारदेखी १० हजारसम्म रकम माग्ने गुनासो समेत उनीहरुले गरेका छन् ।
यता नियमित विद्युत दिने काम भने प्राधिकरणले गर्न नसक्दा ग्राहकहरु प्रचण्ड गर्मीमा दुःख झेल्दै आइरहेका छन् । विद्युत प्राधिकरण शाखा राजविराजले विद्युतको पोल, तार तथा ट्रान्सफर्मरहरु समयमा उचित मर्मत गर्न नसक्दा कुनै बेला पनि विद्युत अवरुद्ध हुने गरेको छ । यस सम्बन्धमा प्राधिकरणमा सम्पर्क गर्दा कहिले पनि फोन नउठ्ने तर फो नउठे पनि भारतको कटैयाबाट विद्युत अवरुद्ध भएको बताउने गरेका छन् ।
यसरी प्राधिकरणले समयमा विद्युत महसुल लिने र ढिलो भए जरिवाना समेत लिने तर विद्युत दिने नाममा जहिले पनि अवरुद्ध नै हुने गरेको छ ।
प्राधिकरणले अहिले जिल्लामा लोडसेडिङ्गको नाममा व्यापक विद्युत कटौती गर्दै आएको छ । यता लोडसेडिङ्ग हुने समयमा पनि विद्युत छिन छिनमै कटौती हुने तथा विद्युत सूचारु भए पनि भोल्टेज नहुने जस्तो व्यापक जनगुनासो रहे पनि प्राधिकरणले कानमा तेल हालेर सुतेको छ ।
कदम कदापी कुनै ट्रान्सफर्मर, पोल तथा तारहरु चुडिए भने प्राधिकरणले त्यसलाई मर्मत गर्न कम्तिमा एक वा दुई दिन लगाउने गरेको छ । यस्ता गुनासोहरु प्राधिकरणमा गरियो भने कहिले जनशक्तिको अभाव त कहिले गाडी विग्रिएको त कहिले कर्मचारी विदामा रहेको सुन्न पाइन्छ ।
सप्तरी बाहेक अन्य जिल्लामा लोडसेडिङ्गमा कटौती भयो भने यस जिल्लामा साविक बमोजिम नै लोडसेडिङ्ग हुने गर्दछ । तर, लोडसेडिङ्ग बढ्यो भने सप्तरीमा झन लोडसेडिङ्ग बढ्ने गर्छ । यस्तो अन्याय किन गर्ने गर्छ त प्राधिकरणले ? यसको जवाफ प्राधिकरणको हाकिम समेतले दिन सक्दैनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
- 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन
- 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ