News Category 2078/07/10
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन
दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
बंगलादेशमा रहेका हिन्दुहरुमाथी भएको हिंसा, हत्या, बलात्कारलगायतका घटनाको पक्षमा अभिव्यक्ति दिएको भन्दै बंगलादेशकी महिला नेतृ बेगम खालिदा जियाको पुतला दहन गरिएको छ ।
विश्व हिन्दु परिषद् सप्तरीको अगुवाईमा बुधबार राजविराजमा हिन्दुवादी संघसंगठनको संयुक्त सहभागितामा भएको प्रदर्शन पश्चात् सो पुतला दहन गरिएको हो ।
स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको हिन्दु धर्मावलम्बीहरुको जुलुसले आतंक मुर्दावाद, विश्वभरीका हिन्दु एक हौं, हिन्दु राष्ट्र कायम गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । उनीहरुले उक्त अमानविय र आंतकारी घटनामा संलग्न दोषिहरुलाई कडा कारवाहीका लागि विश्वभरबाट नै हिन्दु समुदायले दवाव दिनु पर्नेमा जोड दिएका थिए ।
हिन्दु धर्मावलम्बीमाथी भएको आक्रमण तथा हत्या हिंसा गर्ने आक्रमणकारीको पक्षमा अभिव्यक्ति दिएकी बंगलादेश नेस्नलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको पुतला दहन गरेको विश्व हिन्दु परिसद् सत्संग विभाग सगरमाथा सम्भागका सहसंयोजक जंगबहादुर सिंहले जानकारी दिए ।
प्रदर्शनपछि आयोजित कोणसभामा परिसद्का जिल्ला अध्यक्ष रामकिसुन साह, सचिव दिगम्बर यादव, हिन्दु राष्ट्र स्वभिमान जागरण अभियानका संयोजक रमाकान्त यादव, हिन्दुवादी अगुवा भोगेन्द्र झा लगायतले बोल्दै बंगलादेशमा हिन्दु धर्मावलम्बी तथा मन्दिरहरुमा भएको आक्रमणलाई आंतकवादी कार्यको संज्ञा दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ