News Category 2078/07/10
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन
दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
बंगलादेशमा रहेका हिन्दुहरुमाथी भएको हिंसा, हत्या, बलात्कारलगायतका घटनाको पक्षमा अभिव्यक्ति दिएको भन्दै बंगलादेशकी महिला नेतृ बेगम खालिदा जियाको पुतला दहन गरिएको छ ।
विश्व हिन्दु परिषद् सप्तरीको अगुवाईमा बुधबार राजविराजमा हिन्दुवादी संघसंगठनको संयुक्त सहभागितामा भएको प्रदर्शन पश्चात् सो पुतला दहन गरिएको हो ।
स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको हिन्दु धर्मावलम्बीहरुको जुलुसले आतंक मुर्दावाद, विश्वभरीका हिन्दु एक हौं, हिन्दु राष्ट्र कायम गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । उनीहरुले उक्त अमानविय र आंतकारी घटनामा संलग्न दोषिहरुलाई कडा कारवाहीका लागि विश्वभरबाट नै हिन्दु समुदायले दवाव दिनु पर्नेमा जोड दिएका थिए ।
हिन्दु धर्मावलम्बीमाथी भएको आक्रमण तथा हत्या हिंसा गर्ने आक्रमणकारीको पक्षमा अभिव्यक्ति दिएकी बंगलादेश नेस्नलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको पुतला दहन गरेको विश्व हिन्दु परिसद् सत्संग विभाग सगरमाथा सम्भागका सहसंयोजक जंगबहादुर सिंहले जानकारी दिए ।
प्रदर्शनपछि आयोजित कोणसभामा परिसद्का जिल्ला अध्यक्ष रामकिसुन साह, सचिव दिगम्बर यादव, हिन्दु राष्ट्र स्वभिमान जागरण अभियानका संयोजक रमाकान्त यादव, हिन्दुवादी अगुवा भोगेन्द्र झा लगायतले बोल्दै बंगलादेशमा हिन्दु धर्मावलम्बी तथा मन्दिरहरुमा भएको आक्रमणलाई आंतकवादी कार्यको संज्ञा दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ