News Category 2078/07/11
लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै
दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सदस्यता अभियानलाई निरन्तरता दिदै बिहीबार पनि सदस्यता बितरण गरेको छ ।
सप्तरीको छिन्नमस्ता गाउपालिका वडा नं. ७ हाटीस्थित वडा अध्यक्ष प्रमिला यादबको अध्यक्षतामा आयोजित सदस्यता बितरण कार्यक्रममा ५ सय जनालाई सदस्यता बितरण गरेको हो ।
सो अवसरमा लोसपा केन्द्रीय नेता जय प्रकाश ठाकुरले दलित, मुस्लिम, उत्पिडन वर्गको अधिकारसँगै राज्यमा सबै वर्गको अधिकारसँगै बिकासका लागि लड्ने एक मात्र बिकल्प लोसपा रहेकोले जनताले बिश्वास गरेर सप्तरीको सबै तहमा निर्वाचित गराउन आग्रह समेत गरे ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबले छिन्नमस्ता गाउपालिका ७ को वडा भवन नहुदाँ वडा कार्यलय संचालनका लागि समस्या भईरहेको अबस्थामा ४ कठ्ठा जग्गा किनेर भवन निर्माण कार्यलाई तिव्रता दिएको जानकारी दिए ।
पुर्व वडा अध्यक्ष समेत रहेका प्रमुख यादबले केही नेताहरू पदिय लोभलालचका कारण पार्टी छोडेर गएकोले त्यसले लोसपालाई केही फरक नपर्ने बताउदै जनताले त्यसता नेतालाई मुल्यांकन गरेर चुनावमा भोट दिनुपर्ने बताए ।
उनले लोसपा नेपालले सप्तरीमा सबै तहमा चुनाव निर्वाचित हुने लक्ष्यका साथ सबै स्थानिय तहमा सदस्यता अभियानलाई सक्रियता साथ बढाएको जिकिर गरे ।
राजबिराजका पुर्व नगर प्रमुख शैलेश चौधरीले मधेशीको अधिकारका लागि सयौ मधेशी सहादत सँगै हजारौ घाईते पश्चात् प्रदेश २ सरकारको निर्माण भए तर मधेशको अधिकार प्राप्त हुन नसकेको दु:ख व्यक्त गरे । उनले जसपाका अध्यक्ष उपेन्द्र यादबको निर्वाचन क्षेत्रको बिकासको अबस्था जिर्ण रहेकोले आप्mनो क्षेत्रकै राजबिराज नगरपालिकाको सडकको अबस्था लज्जास्पद रहेको उल्लेख गरे ।
लोसपा केन्द्रीय नेता बिनोद कुमार सिँहले सप्तरीमा एक नम्वरको पार्टी बनाउने उद्देश्यका साथ सप्तरीमा गत राजपामा एक लाख जनाले सदस्यता लिएकोले पुन: यो पार्टीको एक लाख सदस्यता बितरण गर्ने लक्ष्य राखेको दाबी गरे ।
सो अवसरमा पार्टीका जिल्ला अध्यक्ष मण्डलका सदस्य अमरनाथ मण्डल, छिन्नमस्ता गाउपालिका उपाध्यक्ष उषा मण्डल, यूवा नेता दिपेन्द्र चौधरीलगायतले मन्तब्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ