News Category 2078/07/12
पुर्नोत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
जीवन पद्वति, जलवायु जन्य, जोखिम उत्थानशिलता तथा खाध सुरक्षा बिचको अन्तरसम्बन्ध विश्लेषण कार्यका लागि एक दिने अन्तरक्रिया गोष्ठी शुक्रबार राजविराजमा सम्पन्न भएकोछ ।
राष्ट्रिय योजना आयोग, विश्व खाध कार्यक्रमको सहकार्यमा प्रदेश नीति, तथा योजना आयोगले विश्व खाध कार्यक्रम र युके सरकारको जलवायु कार्यालयको सहकार्य तथा जिससको समन्वयमा सप्तरीका ९ वटा स्थानिय तहसँग सो गोष्ठीको आयोजना गरिएको हो ।
सप्तरीमा खाध सुरक्षाको अबस्था, जिविकोपार्जन क्षेत्रको पहिचान, जलवायु परिवर्तन, बिपतको घटना सम्बन्धमा पालिका स्तरिय जानकारी लिनु सँगै तथ्यांक चित्रण गरी नीति निर्माण तथा कार्यक्रम बनाएर लागू गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको विश्व खाध कार्यक्रम (डब्लुएफपी) प्रदेश २ का संयोजक कृष्ण माझीले जानकारी दिएका छन ।
पालिका स्तरमा क्लाईमेट अनुसार खाध सुरक्षाको अभावसँगै जिविकोपार्जनका लागि पालिकाको २५ प्रतिशत घरधुरी सलग्न रहेको क्षेत्रमा जिविकोपार्जन सम्बन्धी कार्यक्रम संचालन गर्ने प्रदेश संयोजक माझीले बताए ।
उक्त अवसरमा जिल्ला समन्वय समिति सप्तरी प्रमुख प्रभाकर यादबले कृषि प्रधान देश भनिएपनि कृषिमा लगानी सँगै किसानको खाधको सुरक्षाको ग्यारन्टी र बजारीकरण नभएको कारण किसान मारमा परेको उल्लेख गरे ।
यसैगरी कृषि ज्ञान केन्द्र राजबिराजका प्रमुख राजेन्द्र प्रसाद यादबले संघिय, प्रदेश र स्थानिय सरकारको नीति र नियत ठिक नभएको कारण देश कृषिमा बिकास गर्न नसकेको आरोप लगाए ।
जिसस प्रमुख प्रभाकर यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा राजबिराज नगर उपप्रमुख साधना झा, खाध सुरक्षा कार्यक्रम प्रदेश १ का संयोजक लक्ष्मी चौधरी र प्रदेश ३ का राजु क्षेत्री लगायतले खाध सुरक्षा सँगै जिविकोपार्जन गर्न ठोस नीति तथा कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त गोष्ठीमा तिलाठी कोईलाडी गाउपालिका, राजबिराज नगरपालिका, महदेवा गाउपालिका, डाक्नेश्वरी नगरपालिका, बिष्णुपुर गाउपालिका, राजगढ गाउपालिका लगायत ९ वटा पालिकाका उपप्रमुख, बिपत, कृषि, स्वास्थ शाखाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ