News Category 2071/05/21
महाधिवेशनका लागि छुट्टाछुट्टै प्यानल बनाई सप्तरीबाट संचारकर्मी पोखरा प्रस्थान
दैनिक संवाददाता
राजविराज २० भदौं ।
शनिबारदेखी सुरु हुने नेपाल प्रेस युनियनको महाधिवेशनमा भाग लिन देशभरका १२ सय ७० पत्रकार प्रतिनिधि पोखरा पुग्दैछन् ।
यता सप्तरीबाट पनि प्रेस युनियनसँग आवद्ध संचारकर्मीहरु पोखराका लागि शुक्रबार प्रस्थान गरेका छन् । यद्दपी सप्तरी प्रेस युनियनमा विवाद कायमै रहेपछि दुई छुट्टाछुट्टै समूह बनाई त्यसतर्फ प्रस्थान गरेका हुन् ।
युनियनका अध्यक्ष ओम प्रकाशले बैशाख महिनामा सम्पन्न नेपाल पत्रकार महासंघ सप्तरी शाखाको अधिवेशनमा एक छुट्टै प्यानल बनाई निर्वाचनमा प्रतिस्पर्धा गरेको भन्दै ११ जना युनियनसँग आवद्ध पत्रकारहरुलाई कारवाही गर्नुभएको थियो । सो कारवाही विद्यान विपरीत रहेको भन्दै युनियनका उपाध्यक्ष रामनारायण विश्वासले एक विज्ञप्ति जारि गर्दै अध्यक्ष साहलाई कारवाही गर्नुभएको थियो ।
पाँच महिना लामो समयदेखी सो विवाद मिल्न नसक्दा युनियनका अध्यक्ष साहको समर्थनमा रहेका केही पत्रकार र उपाध्यक्ष विश्वासलाई समर्थन गरेका पत्रकारहरु शुक्रबार छुट्टाछुट्टै समुह बनाएर पोखरा प्रस्थान गर्नुभएको छ ।
महाधिवेशनपछि हुने नेतृत्व चयनका लागि अध्यक्ष पदमा हालका कार्यवाहक अध्यक्ष बद्री सिग्देल, महासचिव शिव लम्साल, पूर्वमहासचिव विन्दूकान्त घिमिरे र सचिव भुवन भट्टले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
लम्साललाई कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी, दिलेन्द्र बडु, मिनेन्द्र रिजाल, पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाल, कविर राणा लगायतको समर्थन रहेको छ भने सिग्देललाई नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, बिष्णु निष्ठुरीसहित पुरुषोत्तम दाहाल, देवप्रकाश त्रिपाठी, बबिता बस्नेत, परशु घिमिरे, पोषण केसी, समीरजंग शाहलगायतले साथ दिनुभएको छ ।
यता घिमिरेलाई रमेश तुफान, कुलचन्द्र वाग्ले, मुरारी शर्मा, रामप्रसाद दाहाललगायतको समर्थन छ । महाधिवेशन शनिबार र आइतबारसम्म चल्नेछ । सोही महाधिवेशनबाट नयाँ नेतृत्वको चयन गर्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ