News Category 2078/07/13
उम्मेदवार अग्रवालद्वारा शुभकामना आदान प्रदान

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
उद्योग बाणिज्य संघ सप्तरीको अध्यक्ष पदका एक उम्मेदवार लालुप्रसाद अग्रवालले शनिबार शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिेका छन् ।
उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा श्यामबाबा सप्लार्यसका संचालक समेत रहेका अग्रवालले उद्योगि व्यवसायीहरुको छाता संगठनलाई सबैको साझा संगठन बनाउन आफ्नो उम्मेदवारी रहन स्पष्ट पारे ।
आफूले जिम्मेवारी पाए कोरोनाका कारण संकटमा परेको व्यापार व्यवसायलाई उकास्न क्षमताले भ्याएसम्म पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, पूर्व अध्यक्ष मनोज मुन्धडा, पत्रकार महासंघका पूर्व अध्यक्ष मूरली प्रसाद यादव, इटा व्यवसायी संघका अध्यक्ष दुर्गानन्द साह, उद्योगी एवं कानुन व्यवसायी सुरेश सिंह लगायतले दिपावली एवं छठ पर्वको शुभकामनासहित संघको आगामी निर्वाचनमा योग्य, सक्षम र इमान्दार व्यक्तित्वलाई नेतृत्व सुम्पनु पर्नेमा जोड दिएका थिए ।
व्यवसायी बैजु जोशीद्वारा संचालित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने एक दर्जन व्यक्तित्वलाई सम्मान गरिएको थियो । उद्योग बाणिज्य संघ सप्तरीले आउदो मंसिर ४ गतेलाई शाखाको निर्वाचन तोकेको छ । जसमा जिल्लाको १८ वटै स्थानिय तहका गरि संघमा करिब २ हजार मतदाता छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ