News Category 2078/07/14

अत्याधिक मुल्य बढ्दा उपभोक्ता हैरान, अनुगमन निकाय मौन

दैनिक समाचारदाता

अत्याधिक मुल्य बढ्दा उपभोक्ता हैरान, अनुगमन निकाय मौन

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
    अहिले बजारमा दैनिक उपभोग्य सामाग्रिसहित अतिआवश्यक बस्तुहरुमा अत्याधिक मुल्य बृद्धि भएपछि उपभोक्ताहरु हैरान भएका छन् । 
    पछिल्लो समय पेट्रोल, डिजल, मट्तिेल, खाना पकाउने ग्यास, खाद्यान्न, औषधी, लत्ताकपडा र तरकारीको मुल्य निरन्तर बढ्दै गएको छ । तर, बजार अनुगमन समितिले यसको नियन्त्रणका लागि कुनै प्रयास गरिरहेको देखिन्न् । 
    दशैंको बेला अनुगमन समितिले अग्रसरता देखाएको थियो । तिहारको नजिकिदै जाँदा पुन: अनुगमन समितिले म्याद गुज्रेका र अखाद्यय बस्तु नियन्त्रणमा लिई नष्ट गर्ने तथा दर्ता नभई संचालनमा रहेका पसल र उद्योगका संचालकलाई जरिवाना गर्ने काम तिब्र बनाए पनि सामाग्रिहरुको मुल्य नियन्त्रणका लागि कुनै ठोस पहल गर्न सकेको छैन् । 
    स्थानिय उपभोक्त ताराकान्त साहले इन्धनसहित खाने तेल, खाद्यान्न, लत्ताकपडा र तरकारी लगायतका बस्तुको निरन्तर मुल्य बढ्दै गएको तथा व्यापारीले मनोमानी मुल्य तोक्दा समेत यसलाई  नियन्त्रणको पहल कुनै निकायबाट हुन नसकेको आरोप लगाए । 
    खाद्यान्न सामाग्रिहरु मध्ये सबै भन्दा बढी हरियो सागसब्जी तथा तरकारीमा मुल्य निकै बढेको छ । अहिले बजारमा प्याज ८०, काउली २ सय, भान्टा १ सय ५०, परवल १ सय, आलु ६० प्रतिकिलो रहेको छ भने खानेतेल ३ सयदेखी ४ सय सम्म प्रति लिटर बिक्रि भइरहेको छ ।
    यस्तै अन्य दैनिक उपभोग्य सामाग्रिहरुमा पनि मुल्य निरन्तर बढीरहेको सर्वसाधारणको गुनासो रहेको छ । यसैगरि तिहारलाई अतिआवश्यक चिनि, पिठो, मैदा, काजु, किसमिस, नरियल, छोकरा, ओखर, घर सजाउन प्रयोग गरिने रंगरोहन र बिद्युतिय सामाग्रि समेत बजारमा मुल्य मनपरी कायम गरिएको सर्वसाधारणले गुनासो गरेका छन् । 
    यसरी कोरोनाको मारमा रहेका जनता अहिले मुल्य बृद्धिका कारण थप मारमा परेका छन् । निरन्तर भइरहेको मुल्यबृद्धि नियन्त्रणका लागि तीनै तहको सरकार गम्भिर नभएको भन्दै स्थानियले बजार अनुगमन गरि मुल्य नियन्त्रणका लागि अविलम्ब पहल गर्नुपर्ने माग गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट