News Category 2078/07/16
राजनैतिक पार्टीहरुकै संरक्षणमा भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत
दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मुलुकमा राजनैतिक पार्टीहरुकै संरक्षणमा भ्रष्टाचार भइरहेको आरोप लगाएका छन् ।
कांग्रेस, एमाले, माओवादी, जसपाले देशलाई चरम गरिवीको चपेटामा पार्दै उनीहरुकै संरक्षणमा भ्रष्टाचार मौलाएकोले यसलाई नियन्त्रण गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड समेत दिएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबार जनमत पार्टी नगरसमिति कञ्चनरुपद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएका हुन् ।
उनले अब भ्रष्टाचारीलाई जनताबाटै जनकारबाही शुरु गरिसकेकोले यसमा सबैको सहयोग आवश्यक रहेकोले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना भएको उल्लेख पनि गरे ।
उनले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेकोले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताए ।
कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
जनमत पार्टी कंचनरुप नगर समितिका अध्यक्ष अनिल पंजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सह–सचिव शिवनन्दन मेहता, नेता ईन्द्रदेव कौडरिया, उमेश दास, मो. समिम शेख, बिशेश्वर मेहतालगायतले सम्बोधन गर्दै भ्रष्टाचारीहरुलाई जनकारवाही गर्ने चेतावनी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ