News Category 2071/05/22
तत्कालिन भूमिगत संगठनका तीन जनालाई सर्वस्वसहित जन्मकैद फैसला, ६ जनालाई तीन वर्ष कैद
राजविराज÷विभिन्न हत्याको अभियोग लागेका तत्कालिन मधेशका भुमिगत संगठनका नेताहरुको मुद्दालाई जिल्ला अदालत राजविराजले छिनोफानो गरि फैसला सुनाएको छ ।
जिल्ला अदालत राजविराजले पन्द्र दिन भित्र दुई भूमिगत संगठनका तीनजना नेताहरुलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
पछिल्लो पटक तत्कालिन भाइरस किलर्स भूमिगत संगठनबाट सरकारसँग वर्ता गरेपछि जनतान्त्रिक तराई मुिक्त मोर्चामा समावेश भएका अमरेन्द्र गोइत र सुरेन्द्र गोइतलाई जिल्ला अदालत राजविराजले भदौं १५ गते र्सवस्वसहित जन्मकैदको फैसला गरेको छ ।
जनतान्त्रिक तराई मुिक्त मोर्चाका वार्ता टोली सदस्य समेत रहेका अमरेन्द्र गोइतलाई अदालतले दुई वटा हत्याको आरोपमा छुट्टाछुट्टै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको छ ।
सप्तरीको त्रिकोल गाविस ३ का ३३ वर्षीय अमरेन्द्र गोइतलाई सप्तरीको लोहजरा गाविस २ का ६० वर्षीय झरीलाल कुसियत यादवको अपहरण गरी हत्या र लोहजरा गाविस ८ का इस्लाम मियाँको हत्या आरोपमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाएको हो ।
यता लोहजरा गाविस २ का ६० वर्षीय झरीलाल कुसियत यादवको अपहरण गरी हत्या गरेको आरोपमा मोर्चाका अर्का सदस्य त्रिकोल गाविस ५ का ३१ वर्षीय सुरेन्द्र गोइत यादवलाई पनि जिल्ला अदालतले र्सवस्वसहित जन्मकैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले आरोपितहरुलाई यादवको अपहरण गरी गोली हानी हत्या गरेको ठहर गर्दै यस्तो फैसला सुनाएको श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।
यस्तै अदालतले आरोपितहरु लोहजरा गाविस २ का ३० वर्षीय शिवनारायण यादव, ३३ वर्षीय जोगिया भनिने जोगेन्द्र मरिक यादव, लोहजरा गाविस ४ का ३१ वर्षीय बिरेन्द्र गुरमैता यादव, ६५ वर्षीय रबी मरिक, लोहजरा गाविस–६ का ३४ वर्षीय सत्यनारायण यादव र डाढा गाविस ५ का २७ वर्षीय नागेश्वर गिरीलाई ३÷३ वर्षकैद सजायको फैसला सुनाएको छ ।
हत्याका अन्य आरोपित जिल्लाको मोहनपुर गाविस–३ का २८ वर्षीय उमेश रामले सफाई पाएका छन् भने फरार रहेका आरोपितहरु त्रिकोल गाविस ४ का मोर्चाका कमाण्डर जयप्रकाश यादव र लोहजारा गाविस २ का ६० वर्षीय रामेश्वर बिराजी यादवको मुद्दा मुल्तवी राखिएको छ ।
आरोपितहरुले पीडितको ०६५ मंसिर २ गते अपहरण गरी गोली हानी हत्या गरेका थिए । पीडितको घरदेखि २ किलोमिटर दक्षिण खाल्डोमा फालेको अवस्थामा ०६५ मंसिर ३ गते लास फेला परेको थियो ।
यसैबिच जिल्ला अदालतको आदेशले आरोपितहरु अमरेन्द्र र सुरेन्द्र ०६७ चैत १७ गतेदेखि, शिवनारायण र जोगेन्द्र ०६७ जेठ १२ गतेदेखि तथा नागेश्वर ०६८ माघ २५ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् । सप्तरीपछि जिल्ला कारागार रामेछाप र उदयपुरमा थुनामा राखिएका आरोपित अमरेन्द्र हाल क्षेत्रीय कारागार कार्यालय झुम्का, सुनसरीमा थुनामा छन् भने सुरेन्द्र, शिवनारायण, जोगेन्द्र र नागेश्वर राजविराज कारागारमा थुनामा छन् ।
यसैगरि जिल्ला अदालत सप्तरीले जनतान्त्रिक तराई मुक्ति मोर्चाका तत्कालिन सेक्रेटरी सप्तरीको रम्पुरा मल्हनिया गाविस ५ का ३८ वर्षीय कमलेश यादवलाई भदौं ६ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश बद्रिप्रसाद ओलीको एकल इजलाशले कमलेश समेतले लालापट्टी गाविस २ स्थित तरही पोखरी किनारमा सप्तरीको छिन्नमस्ता गाविस १ का विजय कुमार झा र छिन्नमस्ता गाविस २ का महेन्द्र कुमार यादवलाई वि.स. २०६३ असोज २१ गते राति १२ बजे गोली हानी हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको अधिवक्ता भानु निरौलाले जानकारी दिनुभयो ।
मृतक विजयका दाजु २५ वर्षीय प्रकाशचन्द्र झा र पीडित महेन्द्रका भाई २२ वर्षीय उपेन्द्र कुमार यादवले कमलेशसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०६३ असार २२ गते उजुरी दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
- 2082/02/22 कोशीमा एक पुरुषको शव फेला
- 2082/02/22 मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
- 2082/02/22 विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
- 2082/02/21 आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
- 2082/02/21 सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
- 2082/02/20 तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र
- 2082/02/20 सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम
- 2082/02/20 चार महिनाको गर्भवती रहेकी २० वर्षिया युवतीको बिजोग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ