News Category 2078/07/22
८६ हजारमा कलम बिक्रि

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
चित्रगुप्त सेवा समिति सप्तरीद्वारा भगवान चित्रगुप्तको हातमा राखिएको कलम यस वर्ष ८६ हजार ६ सय ६६ रुँपैयामा बिक्रि भएको छ ।
राजविराजस्थित चित्रगुप्त मन्दिरमा शनिबार साँझ आयोजित एक कार्यक्रममा राजविराज २ निवासी कृष्णदेव दत्तले उक्त रकमको बोली लगाएर कलम खरीद गरेका हुन् ।
डाकबढाबढ गरि सर्वाधिक रकमको बोलि लगाउने व्यक्तिलाई उक्त कलम बिक्रि गर्ने र सो रकम शिक्षा, स्वास्थ्य र समाजसेवा लगायतका क्षेत्रमा खर्चिने गरिएको समितिका अध्यक्ष अशोक कर्णले बताए ।
महासचिव सतिश दत्तका अनुसार भाइटिकाका दिन मनाइने यस पूजामा कायस्थ समुदायले आफ्ना वंश पिता भगवान चित्रगुप्त र कलमको एकै साथ पूजा गर्ने गर्छन् । उनले कलम खरीद गर्ने प्रतिस्पर्धा समितिले विगत ४२ वर्षदेखी गर्दै आएको जनाए ।
सोही अवसरमा सो समुदायका ९ जना छात्रछात्रालाई वर्षेणी चित्रगुप्त छात्रबृति रकम समेत प्रदान गर्ने गरिएको छ । यसपटक छात्रतर्फ राहुल दत्त तथा छात्रातर्फ महिमा कर्ण, भूमिका कर्ण, प्रियांशु चौधरी, नेहा कर्ण, पल्लवी कर्ण, अर्चना कर्ण र प्रिया कर्णलाई चित्रगुप्त छात्रबृत्ति प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ