News Category 2078/07/22
खेतमा फ्यालिएको ज्युँदै नवजात शिशुले पायो अभिभावक

दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
राजविराज नगरपालिका वडा नं. ९ मलेठको नहर चौक नजिकै धान खेतमा ज्यूँदै फ्यालिएको एक नवजात शिशुले अभिभावक पाएको छ ।
गत बुधबार कुकुर तिहारका दिन साँझ ६ बजेतिर अन्दाजी एक÷डेढ महिनाको सो नवजात शिशु खेतमा वेवारिसे अवस्थामा ज्यूँदै फेला परेको थियो ।
स्थानिय केही यूवाहरु बजारको काम सकेर खेतबाटो हुँदै घर फर्किदै गर्दा नजिकैको धानखेतमा बच्चा रोएको सुनेपछि खोज्दै जाँदा परालको ओच्छ्यान बनाई राखिएको अवस्थामा उक्त नवजात शिशु (छोरा) फेला परेको हो ।
स्थानिय र प्रहरीले वेवारिसे र जिवितै अवस्थामा रहेको बच्चाको उद्धार गरि उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएको थियो ।
सो बच्चालाई हाल राजविराज २ निवासी एक निःसन्तान दम्पत्तिले धर्मपुत्र बनाएर राख्ने र उचित शिक्षादिक्षा सहित पाल्ने इच्छा र प्रतिबद्धता गरेपछि सबैको सल्लाहमा हाललाई बच्चा उनकै जिम्मा लगाइएको छ । लक्ष्मी पूजाका समयममा बच्चा भेटिएकाले उनको नाम लक्ष्मण राखिएको बच्चाको लालनपालनको जिम्मा लिएका दम्पत्तिले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, राजविराज नगरपालिका वडा नं. ९का अध्यक्ष शम्भु प्रसाद यादव (लाली), अस्पतालका एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन मनिषा सिम्खडा र वडा नं. २ का अध्यक्ष अरुण यादवको सहभागितामा भएको छलफल पश्चात् सो निष्कर्षमा पुगेको हो ।
बच्चालाई किन र कसले फोलेको भन्ने बारे अनुसन्धान तिब्र बनाइएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताएका छन् । यता जनप्रतिनिधी र प्रहरी अहिले ज्यूँदै नवजात शिशुलाई धान खेतमा फाल्ने अभिभावकको खोजिमा सक्रिय भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ