News Category 2071/05/22
चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको पीडितको आरोप
राजविराज÷स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकको लापरवाहीको कारण एक ५ वर्षीय वालकको अकालमै मृत्यु भएको भन्दै मृतकका आफन्तजनले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
सप्तरीको कुशाहा गाविस ७ अर्नाहा गाँउ बस्ने अनिल रायका छोरा पाँच वर्षीय अभिषेकको बचिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले यस्तो चेतावनी दिएका हुन् ।
नेपाल पत्रकार महासंघमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पाँच वर्षीय वालक अभिषेकलाई गत मंगलवार विषालु सर्पले टोकेपछि समयमै उपचारका लागि आकस्मिक कक्षमा भर्ना गरिएको थियो । पत्रकार सम्मेलनमा मृतकका मामा सञ्जय रायले भने अस्पतालमा चिकित्सकको सट्टा सिकारु अहेवहरुले चेकजाँच गर्दा भान्जाको अकालमा मृत्यु भयो ।
सर्पले टोकेको भान्जाको समयमा उपचार गरिएको भए वाच्न सक्थ्यो, उनले ड्युटीमा रहेका अनमी नर्स र अहेवलाई डाक्टर बोलाउन आग्रह गर्दा अटेर गरेको बताए । दिउसो ३ बजे भर्ना गराईको वालक अभिसेकको आधिघण्टा नबित्दै चिन्ताजनक बन्दै गएपछि अन्तिम क्षणमा धरान रेफर गरिएको अनिलले सुनाए । तर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पु¥याउदा चिकित्सकले वालकको एक घण्टा अगावै मृत्य भईसकेको वताएको उनले सुनाए ।
राजविराजस्थित अस्पतालमै वालकको मृत्यु भई सकेको दावी गर्दे आफ्नो कमजोरी लुकाउन हतार हतार धरान रेफर गरेको उनको भनाई थियो । उनले भविष्यमा पुन यस्तो घटना नदोहरिन दोषीमाथी कारवाहि तथा क्षतिपूर्ती पाउनु पर्ने माँग गरे ।
यता अस्पताल श्रोतले शरीरमा सर्पको विष फैलिसकेकाले वालकलाई प्रारम्भिक उपचार पछि धरान लैजान सल्लाह दिईएको जानकारी दिएको छ । दुई दिन अघि पनि सो अस्पतालमा चिकित्सकको लापरवाहीका कारण एक युवकको उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका आफन्त आनदोलनमा उत्रिए पछि पीडित र अस्पताल प्रशासनवीच वार्ता गरी छानवीन गर्ने सहमति भए पछि विवाद साम्य भएको थियो तर सोको दुइ दिन नबितदै पुनः अर्को घटनाले अस्पताल प्रशासनको चिन्ता थपीएको छ ।
अस्पताल प्रमुख शैलेन्द्र झाले पछिललो पटक भएको वालकको मृत्युको विषयलाई लिएर पनि छानबिन गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ