News Category 2078/07/26
सप्तरी उवासंघमा दास र अग्रवालको सूमहले दिए उम्मेदवारी

दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
सप्तरी उद्योग बाणिज्य संघको मंसिर ४ गते हुने निर्वाचनका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष शंकर दास र उद्योगि लालुप्रसाद अग्रवालले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
एघारौं शाखा अधिवेशन तथा साधारण सभाबाट गठन हुने नयाँ कार्य समितिका लागि शुक्रबार दुबै जनाले आ–आफ्नो समूह बनाएर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्षसहित १४ पदका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा शंकर दासको समूहबाट उद्योग तर्फको उपाध्यक्षमा रामअशिष स्वर्णकार, बाणिज्य तर्फको उपाध्यक्ष गौरीशंकर साह, महासचिवमा सुरज सिंह, सचिवमा गुलामबदी उजुम खाँ, कोषाध्यक्षमा दिनेश प्रसाद साह, सहकोषाध्यक्ष निर्मल मुन्धडाले उम्मेदवारी दर्ता गराएका छन् । उक्त समूहबाट सदस्य पदका लागि संजय पुर्वे, शिवनारायण साह, प्रमोद प्रसाद साह, कृष्णदेव भगत, अशोककुमार यादव र प्रतापकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । सो समूहबाट महिला सदस्य पदमा साधना दासको उम्मेदवारी परेको छ ।
यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार लालुप्रसाद अग्रवाल र उनको समूहबाट उद्योग तर्फको उपाध्यक्ष दुर्गानन्द साह, बाणिज्य तर्फको उपाध्यक्ष रमेश साह, महासचिवमा अमृत संचेती, सचिव सुरेन्द्र बिमल यादव, कोषाध्यक्ष प्रमोद काबरा र सहकोषाध्यक्षमा अनिल सिंहले मनोनयन पत्र दर्ता गराएका छन् । उक्त समूहबाट सदस्य पदमा सन्तोष सिंन्हा, बिनोद साह, सचिन्द्र दास, मो. साहिर, सुरेन्द्र साह, कमल साह र महिला सदस्यमा अम्बिका दाहालले मनोननय पत्र दर्ता गराएका छन् ।
यस्तै उद्योग उपाध्यक्षतर्फ बासुदेव साह समेतले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यतर्फ दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका संयोजक रामकुमार यादवका अनुसार १४ पदका लागि ३३ जनाले उम्मेदवारी दिएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा जिल्लाभरिका १ हजार ३ सय २१ जना मतदाता रहेको जानकारी दिँदै उनले उक्त दिन हुने निर्वाचनका लागि राजविराजस्थित केअमाबिको प्राङ्गणलाई निर्वाचन स्थल तोकिएको बताए ।
नयाँ निर्वाचनबाट एक जना अध्यक्ष, एक जना उधोग उपाध्यक्ष, एक जना बाणिज्य उपाध्यक्ष, एकजना महासचिव, एक जना सचिव, एक जना कोषाध्यक्ष, एक जना सहकोषाध्यक्ष, ६ जना सदस्य तथा एक जना महिला सदस्य गरि १४ जना निर्वाचित हुने प्रावधान रहेको निर्वाचन समितिका सदस्य सतिश दत्तले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ