News Category 2078/07/29
राजविराज नगर सभापति पदका लागि आधा दर्जन काँग्रेसी नेता दौडमा
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
नेपाली काँग्रेस वडा अधिवेशन सकाएर अब गाउँपालिका, नगरपालिका, क्षेत्र र जिल्ला अधिवेशनको तयारीमा जुटेको छ ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमवार सबै वडाको अधिवेशन सकाएर गाँउ, नगर, क्षेत्र र जिल्ला अधिवेशनमा जुटेको हो ।
नेपाली काग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले सोमवार सम्ममा जिल्लाका सबै १ सय ६४ वडाको अधिवेशन सकिएको जानकारी दिएका छन् ।
जिल्ला निर्वाचन समितीका संयोजक डा. रुद्र शर्माले १६ वडा रहेको राजविराज नगरपालिकाको वडा अधिवेशन अन्तर्गत एउटा वडामा निर्वाचन र बाँकि वडामा सर्वसम्मतिबाट बुथ सभापती र अन्य पदाधीकारी तथा क्षेत्रिय प्रतिनीधी निर्वाचित भएको जानकारी दिए ।
राजविराज वडा नं. १ बाट हृदय नारायण झा, २ बाट इन्द्र नारायण देव, ३ बाट दुर्गानन्द चौधरी, ४ बाट श्याम किशोर शर्मा, ५ बाट समिर झा, ६ बाट राजकुमार साह, ७ बाट विशेश्वर साह, ८ बाट मनोज दास, ९ बाट भरत मेहता, १० बाट गजेन्द्र प्रसाद सुनरैत, ११ बाट शंकर यादव, १२ बाट नाथो मण्डल, १३ बाट रंजन यादव, १४ बाट सत्य नारायण मण्डल, १५ बाट राम विलास यादव र १६ बाट नरेन्द्र देव बुथ सभापतीमा निर्वाचित भएको उनले जानकारी दिए ।
यता वडा अधिवेशन सकिए लगतै सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको नगर सभापती पदमा मंगलवार हुने निर्वाचनका लागी ध्रुव देव, प्रभात कुमार ललन, श्याम किशोर शर्मा, सब्बीर आजम, आनन्द झा, अनिल यादव र सतिस चन्द्र झा आकांक्षी देखिएका छन् ।
यता क्रियाशिल सदस्यता विवादका कारण पुर्व निर्धारित मिति भदौ १८ मा यहाँ वडा अधिवेशन हुन सकेको थिएन । विवाद टुगिंएपछि नयाँ मिति तोकेर अधिवेशन धमाधम गर्न थालिएको हो । सप्तरीमा कार्तिक ३० गते गाउँ र नगर, मंसिर ३ गते प्रदेश सभा क्षेत्र, मंसिर ६ गते प्रतिनीधी सभाक्षेत्र र मंसिर १० मा जिल्ला अधिवेशन गर्ने तालिका रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ