News Category 2078/07/29
राजविराज नगर सभापति पदका लागि आधा दर्जन काँग्रेसी नेता दौडमा
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
नेपाली काँग्रेस वडा अधिवेशन सकाएर अब गाउँपालिका, नगरपालिका, क्षेत्र र जिल्ला अधिवेशनको तयारीमा जुटेको छ ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमवार सबै वडाको अधिवेशन सकाएर गाँउ, नगर, क्षेत्र र जिल्ला अधिवेशनमा जुटेको हो ।
नेपाली काग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले सोमवार सम्ममा जिल्लाका सबै १ सय ६४ वडाको अधिवेशन सकिएको जानकारी दिएका छन् ।
जिल्ला निर्वाचन समितीका संयोजक डा. रुद्र शर्माले १६ वडा रहेको राजविराज नगरपालिकाको वडा अधिवेशन अन्तर्गत एउटा वडामा निर्वाचन र बाँकि वडामा सर्वसम्मतिबाट बुथ सभापती र अन्य पदाधीकारी तथा क्षेत्रिय प्रतिनीधी निर्वाचित भएको जानकारी दिए ।
राजविराज वडा नं. १ बाट हृदय नारायण झा, २ बाट इन्द्र नारायण देव, ३ बाट दुर्गानन्द चौधरी, ४ बाट श्याम किशोर शर्मा, ५ बाट समिर झा, ६ बाट राजकुमार साह, ७ बाट विशेश्वर साह, ८ बाट मनोज दास, ९ बाट भरत मेहता, १० बाट गजेन्द्र प्रसाद सुनरैत, ११ बाट शंकर यादव, १२ बाट नाथो मण्डल, १३ बाट रंजन यादव, १४ बाट सत्य नारायण मण्डल, १५ बाट राम विलास यादव र १६ बाट नरेन्द्र देव बुथ सभापतीमा निर्वाचित भएको उनले जानकारी दिए ।
यता वडा अधिवेशन सकिए लगतै सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको नगर सभापती पदमा मंगलवार हुने निर्वाचनका लागी ध्रुव देव, प्रभात कुमार ललन, श्याम किशोर शर्मा, सब्बीर आजम, आनन्द झा, अनिल यादव र सतिस चन्द्र झा आकांक्षी देखिएका छन् ।
यता क्रियाशिल सदस्यता विवादका कारण पुर्व निर्धारित मिति भदौ १८ मा यहाँ वडा अधिवेशन हुन सकेको थिएन । विवाद टुगिंएपछि नयाँ मिति तोकेर अधिवेशन धमाधम गर्न थालिएको हो । सप्तरीमा कार्तिक ३० गते गाउँ र नगर, मंसिर ३ गते प्रदेश सभा क्षेत्र, मंसिर ६ गते प्रतिनीधी सभाक्षेत्र र मंसिर १० मा जिल्ला अधिवेशन गर्ने तालिका रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ