News Category 2078/08/01
उत्पीडित समुदायको अधिकार सुनिश्चितताको लडाई अझै जारी छ ः उपेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदायको अधिकार सुनिश्चितताको लडाई अझै जारी रहेको बताएका छन् ।
सप्तरीको कंचनपुरमा मंगलबार आयोजित संगठन सुदृढीकरण तथा जनजागरण अभियान एवम बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
देशमा सदियांैदेखी पछाडी पारिएका जाति समुदायको हक अधिकार अझै पुर्ण रुपले स्थापित भईसकेको नसकेकोले विभेद र उत्पीडनमा परेको जाती समुदायको अधिकार सुनिश्चितताको लडाई अझै जारि नै रहेको बताए ।
अध्यक्ष यादवले गणतन्त्र, संघीयता समाबेशिता सहितको उपलब्धि रक्षाका लागि उत्पीडित समुदायहरु एकजुट हुनुपर्नेमा उनको जोड थियो । देशमा संघीयता, गणतन्त्र, समाबेशिता सहितको ब्यबस्था स्थापनाकामा जसपाको अग्रणी भुमिक रहेको उल्लेख गर्दै उनले स्थानीय सरकारदेखि साँसद र राज्यको हरेक शासन र प्रशासनसम्म मधेसी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम, महिला, अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित संघीय प्रणालीकै कारण भएको प्रष्ट पारे ।
आर्थिक रुपान्तरणको प्रमुख बाधक भ्रष्टाचार भएको उल्लेख गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले माथी देखि तलसम्म हुने भ्रष्टाचारले अपेक्षित बिकास हुन नदिएको स्पष्ट पारे । उनले बन्द उधोगलाई पुनः संचालनमा ल्याई स्वादेशमै रोजगारीको सृजना गर्न पार्टी लागि परेको समेत बताए ।
एक अर्को प्रसङ्गमा नागरिकता सम्बन्धि ऐन साँसदमा पेश भईसकेकोले चाडै साँसदबाट पास हुने बिश्वास व्यक्त गरे ।
जनता समाजवादी पार्टी नेपाल कंचनरुप नगरपालिका अध्यक्ष सुदम्बर यादवको अध्यक्षतामा आयोजित कार्यक्रमा राष्ट्रिय सभा सदस्य एबम पुर्व मन्त्री मृगेन्द्र सिंह यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक बिकास मन्त्री नवल किशोर साह, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादव, जसपा तराई मधेश प्रदेश समितिका निवर्तमान मुख्य सचिब शम्भु झा, जसपा सप्तरीका अध्यक्ष केदार यादव, नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिब भोला पासवन लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रममा काँग्रेस, एमाले, माओबादी लगायतका विभिन्न पार्टी परित्याग गरि हजारौं नेताकार्यकर्ता जसपामा प्रबेश गरेका थिए । नव प्रबेशीहरुलाई राष्ट्रिय अध्यक्ष यादवले गम्छा र टीका लगाएर स्वागत गरे ।
सो पार्टीमा नेवाः देय दबु प्रदेश नम्बर २ का अध्यक्ष दक्ष नारायण श्रेष्ठ, पुर्व जिल्ला अध्यक्ष बम बहादुर श्रेष्ठको नेतृत्वमा ४ सय भन्दा बढी काँग्रेस नेताकार्यकर्ता जसपामा प्रवेश गरे । यस्तै माओवादी केन्द्र निकट वाईसीएल सप्तरीका उपाध्यक्ष एबं प्रदेश सदस्य शोभा पासवान, नेकपा राज्य समिति सदस्य रबिन पासवान, पुर्व जिल्ला उपसभापति भुपेन्द्र चौधरी लगायत प्रवेश गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ