News Category 2078/08/01

उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव

दैनिक समाचारदाता

उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव

दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक । 
    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदायको अधिकार सुनिश्चितताको लडाई अझै जारी रहेको बताएका छन् ।
    सप्तरीको कंचनपुरमा मंगलबार आयोजित संगठन सुदृढीकरण तथा जनजागरण अभियान एवम बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
    देशमा सदियांैदेखी पछाडी पारिएका जाति समुदायको हक अधिकार अझै पुर्ण रुपले स्थापित भईसकेको नसकेकोले विभेद र उत्पीडनमा परेको जाती समुदायको अधिकार सुनिश्चितताको लडाई अझै जारि नै रहेको बताए । 
    अध्यक्ष यादवले गणतन्त्र, संघीयता समाबेशिता सहितको उपलब्धि रक्षाका लागि उत्पीडित समुदायहरु एकजुट हुनुपर्नेमा उनको जोड थियो । देशमा संघीयता, गणतन्त्र, समाबेशिता सहितको ब्यबस्था स्थापनाकामा जसपाको अग्रणी भुमिक रहेको उल्लेख गर्दै उनले स्थानीय सरकारदेखि साँसद र राज्यको हरेक शासन र प्रशासनसम्म मधेसी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम, महिला, अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित संघीय प्रणालीकै कारण भएको प्रष्ट पारे । 
    आर्थिक रुपान्तरणको प्रमुख बाधक भ्रष्टाचार भएको उल्लेख गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले माथी देखि तलसम्म हुने भ्रष्टाचारले अपेक्षित बिकास हुन नदिएको स्पष्ट पारे । उनले बन्द उधोगलाई पुनः संचालनमा ल्याई स्वादेशमै रोजगारीको सृजना गर्न पार्टी लागि परेको समेत बताए । 
    एक अर्को प्रसङ्गमा नागरिकता सम्बन्धि ऐन साँसदमा पेश भईसकेकोले चाडै साँसदबाट पास हुने बिश्वास व्यक्त गरे ।
    जनता समाजवादी पार्टी नेपाल कंचनरुप नगरपालिका अध्यक्ष सुदम्बर यादवको अध्यक्षतामा आयोजित कार्यक्रमा राष्ट्रिय सभा सदस्य एबम पुर्व मन्त्री मृगेन्द्र सिंह यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक बिकास मन्त्री नवल किशोर साह, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादव, जसपा तराई मधेश प्रदेश समितिका निवर्तमान मुख्य सचिब शम्भु झा, जसपा सप्तरीका अध्यक्ष केदार यादव, नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिब भोला पासवन लगायतकाले सम्बोधन गरेका थिए ।     कार्यक्रममा काँग्रेस, एमाले, माओबादी लगायतका विभिन्न पार्टी परित्याग गरि हजारौं नेताकार्यकर्ता जसपामा प्रबेश गरेका थिए । नव प्रबेशीहरुलाई राष्ट्रिय अध्यक्ष यादवले गम्छा र टीका लगाएर स्वागत गरे ।
    सो पार्टीमा नेवाः देय दबु प्रदेश नम्बर २ का अध्यक्ष दक्ष नारायण श्रेष्ठ, पुर्व जिल्ला अध्यक्ष बम बहादुर श्रेष्ठको नेतृत्वमा ४ सय भन्दा बढी काँग्रेस नेताकार्यकर्ता जसपामा प्रवेश गरे । यस्तै माओवादी केन्द्र निकट वाईसीएल सप्तरीका उपाध्यक्ष एबं प्रदेश सदस्य शोभा पासवान, नेकपा राज्य समिति सदस्य रबिन पासवान, पुर्व जिल्ला उपसभापति भुपेन्द्र चौधरी लगायत प्रवेश गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट