News Category 2078/08/03

जनगणनामा खटिएका एक कर्मचारी पदमुक्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ मंसिर । 
    राष्ट्रिय जनगणनामा खटिएका एक कर्मचारीलाई पदमुक्त गरिएको छ । 
    राष्ट्रिय जनगणना कार्यालय सप्तरीले सुपरिवेक्षक पदमा खटाएका मनोज कुमार मेहतालाई पदमुक्त गरेको हो । 
    श्रोतका अनुसार मेहताले जनगनकहरुलाई मैथिली मातृभाषाको स्थानमा मगाई मातृभाषा लेखाउनेतर्फ निर्देशन दिने गरेका थिए । 
    कार्यालयका जनगणना अधिकारी सञ्जय कुमार चौधरीले उनलाई आचार संहिता विपरित कार्य गरेको भन्दै पदमुक्त गरिएको बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट