News Category 2078/08/03
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
सप्तरीको कंचनपुरमा बिहीबार साँझ यात्रुबाहक बसले हायसलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।
मृत्यु हुनेमा हयसमा सबार काठमाडांै बस्ने ३८ बर्षीय ग्रीसमान सिँह र बिराटनगर बस्ने ४१ बर्षीय चुडाबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सो सडक खण्डमा काठमाडौबाट पुर्व तर्फ जादै गरेको बा.४ख. ५०७९ नम्बरको हायसलाई पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना.५ख. ४६९२ नम्बरको बसले ठक्कर दिदा सो दुर्घटना भएको हो ।
सिंहको घटनास्थलमै मृत्यु भएको हो भने बस्नेतको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा अस्पताल नजिक ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुई जना गम्भिरसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये दुई जनाको बिराटनगरस्थित गोल्डेन अस्पताल र बाँकीको कंचनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
यता दुवै सबारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच रोकीराखेको बसमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलासका अन्दाजी २८ वर्षीय भुपेन्द्र चौधरी छन् ।
बुधबार राती जिल्लाको शम्भुनाथ नगरपालिका ५ मोहनपुरमा बिग्रिएर रोकी राखेको ना ५ ख ८० १० नम्बरको यात्रुबाहक बसमा प्रदेश २–०१–००१ प२९७१ नम्बरको मोटरसाइकल ठोकिदा चौधरी गम्भीर घाइते भएका थिए ।
घाइते चौधरीलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याइएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुबै सवारी साधन सहित बस चालकलाई नियन्त्रण लिई यसबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ