News Category 2078/08/03
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
प्रधान न्यायाधीश चौलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशनमा आवद्ध कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजस्थित उच्च अदालत जनकपुर राजविराज इजलाश र सप्तरी जिल्ला अदालतको सेवा ठप्प पारिएको छ ।
सर्वोच्च अदालत परिसरमा आन्दोलनरत कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराज उच्च अदालत बार एशोसिएशनको बसेको आकस्मिक बैठकले दुबै अदालतको सेवा ठप्प गर्ने निर्णय गरेको हो ।
एशोसिएशनका सचिव मो. समिम अख्तर अलीका अनुसार अध्यक्ष भरत यादवको अध्यक्षतामा बसेको आकस्मिक बैठकले तोकिएको बन्दी प्रत्यक्षीकरण र थुनछेक बहस बाहेकका सम्पूर्ण पेशीहरु स्थगित गर्ने निर्णय गरेको हो ।
यस्तै शुक्रबार पनि तोकिएको बन्दी प्रतयक्षीकरण र थुनछेक बाहेकका सम्पूर्ण पेशीहरु स्थगित गर्ने निर्णय गरेको र सो बारे दुबै अदालतलाई लिखित जानकारी गराई सहयोगका लागि अनुरोध गरेको जानकारी दिए ।
“अदालत परिसरमा बारको बिरोध प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोग, मानव अधिकार उल्लङघनको चरम नमूना हो” एशोसिएशनद्वारा बिहीबारै जारि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ