News Category 2078/08/04

प्रहरीद्वारा डेढ सय गाँजाको बोट नष्ट

दैनिक समाचारदाता

प्रहरीद्वारा डेढ सय गाँजाको बोट नष्ट

दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
    सप्तरीको खडक नगरपालिकाको बिभिन्न स्थानमा स्थानीयले लगाएको गाँजाको बोट प्रहरीको टोलीले शुक्रवार नष्ट गरेको छ । 
    इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले खडक नगरपालिका वडा नम्बर ८ स्थित मझौ, बिसनपुर लगायतको स्थानमा स्थानीयहरुले लगाएको करिब डेढ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको हो । 
    करेशाबारीमा स्थानीयहरुले लुकाई छिपाई गाँजाको बोट लगाएको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बोट फडानी गरी नागरिक समाज, बुद्धिजीवी तथा सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक उमाशंकार प्रसाद साहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस