News Category 2078/08/05

काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै

दैनिक समाचारदाता

काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 
    नेपाली काँग्रेस राजविराज नगरपालिकाको आइतबार साँझ नगर अधिवेशन भएको छ । 
    जिल्ला निर्वाचन अधिकृत डा. रुद्र शर्माले साँझ ४ बजेदेखी मतदान सुरु भई राती अबेरसम्म चल्ने र मतगणना सोमबारदेखी मात्र गरिने कार्यक्रम तय भएको जानकारी दिएका छन् । 
    निर्वाचनमा नगर नेतृत्वका लागि ध्रुब देव र आनन्द झा प्यानलसहित चुनावी मैदानमा छन् । 
    नगरमा चयन भएका वडाको नेतृत्व र क्षेत्रिय प्रतिनिधिमा देउवा–नीधि र पौडेल निकटका लगभग बराबरी प्रतिनीधि जितेकाले नगर चुनावमा कडा प्रतिष्पर्धा देखिएको हो । 

प्रतिकृया दिनुहोस