News Category 2071/05/25
विपद् न्युनिकरण र जलवायु परिवर्तन सम्बन्धि पाठ्यक्रममा समावेश गर्न जोड
दैनिक संवाददाता
राजविराज, २४ भदांैं ।
विपद् न्युनिकरण र जलवायु परिवर्तन सम्बन्धि पाठ्यक्रममा समावेश गर्न मंगलबार राजविराजमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
युनिसेफको सहयोगमा, नेपाल रेडक्रस सोसाईटी र जिल्ला शिक्षा कार्यालय सप्तरीको सहकार्य तथा एनसेट र जिविस सप्तरीको आयोजनामा आयोजित विपद् जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
जलवायु परिवर्तन विपद् जोखिमको पूर्व अनुमान, पूर्व तयारी र व्यवस्थापन गर्ने क्षमतामा बृद्धि गरि बालबालिकाको सुरक्षा र सामुदायिक अभिबृद्धि गर्ने सम्बन्धमा समेत जोड दिइएको छ ।
सोही कार्यक्रममा विपद् न्युनिकरण सम्बन्धि सप्तरी जिल्लाको रामनगर, रौतहट र सिस्वा बेल्ही गाविस संचालन गरिने जानकारी दिइएको छ ।
निमित्त स्थानिय विकास अधिकारी तारणी प्रसाद चौधरीको अध्यक्षता तथा शिक्षा विभागका उपनिर्देशक तथा विपद् व्यवस्थापन शाखाका प्रमुख शिवप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला शिक्षा अधिकारी डिक बहादुर राई, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विश्वनाथ ओझा, एनसेटका निर्देशक सूर्य आचार्य, युनिसेफका जिल्ला संयोजक अशोक झा लगायतका वक्ताहरुले विपद् न्युनिकरण र जलवायु परिवर्तन बारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ