News Category 2078/08/05
उद्योग बाणिज्य संघ सप्तरीमा अग्रवाल समूहको वर्चश्व
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
उद्योग बाणिज्य संघ सप्तरीमा उद्योगि लालुप्रसाद अग्रवालको समूहले वर्चश्व जमाएको छ । सो समूहको १४ मध्ये १२ पदाधिकारीहरु निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनको आइतबार आएको मतपरिणाम अनुसार अध्यक्ष पदमा अग्रवालले ७ सय ४६ मत प्राप्त गरि बिजयी भए । उनले निकटत्तम प्रतिद्वन्दी शंकर दासलाई ४ सय १९ मतअन्तरले पराजित गरे । दासले ३ सय २७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै उद्योग उपाध्यक्षमा दुर्गानन्द प्रसाद साहले ५ सय ७२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिद्वन्दी रामअशिष प्रसाद साहले ४ सय ७० मत प्राप्त गरे । बाणिज्य उपाध्यक्षमा रमेश कुमार साह बिजयी भएका छन् । उनले ८ सय १८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी गौरी शंकर प्रसाद साहले ३ सय २८ मत पाए ।
यस्तै महासचिवमा अमृतकुमार संचेतीले ६ सय ५५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी सुरज कुमार सिंहले ३ सय ८५ मत प्राप्त गरे । सचिवमा सुरेन्द्र बिमलले ५ सय ९३ मत तथा उनका प्रतिष्पर्धी गुलाब बदी उज्जमा खाँले ४ सय २४ मत प्राप्त गरे ।
यस्तै कोषाध्यक्षमा प्रमोद कुमार काबराले ६ सय ८४ तथा उनका निकटतम प्रतिद्वन्दी दिनेश प्रसाद साहले ३ सय ८९ मत प्राप्त गरे । सहकोषाध्यक्ष पदमा भने दास प्यानलका निर्मल कुमार मुन्धडा ५ सय ४४ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी अनिलकुमार सिंहले भने ४ सय ७६ मत मात्र प्राप्त गरे ।
यस्तै सदस्य पदमा अग्रवाल प्यानलका सन्तोष कुमार सिन्हा, सचिन्द्र दास, सुरेन्द्र प्रसाद साह, कमल प्रसाद साह, दिलिप प्रसाद गुप्ता र अम्बिका दाहाल निर्वाचित भएका छन् । दास प्यानलबाट सदस्य पदमा संजय पुर्वे निर्वाचित भएका छन् ।
अध्यक्षसहित १४ पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार समेत गरि ३१ जनाको उम्मेदवारी परेको थियो । सप्तरीको १८ वटै स्थानिय तहका गरि संघमा १ हजार ३ सय २२ मतदाता रहेकोमा निर्वाचनमा १ हजार १ सय ६१ मत खसेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ