News Category 2078/08/05
उद्योग बाणिज्य संघ सप्तरीमा अग्रवाल समूहको वर्चश्व

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
उद्योग बाणिज्य संघ सप्तरीमा उद्योगि लालुप्रसाद अग्रवालको समूहले वर्चश्व जमाएको छ । सो समूहको १४ मध्ये १२ पदाधिकारीहरु निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनको आइतबार आएको मतपरिणाम अनुसार अध्यक्ष पदमा अग्रवालले ७ सय ४६ मत प्राप्त गरि बिजयी भए । उनले निकटत्तम प्रतिद्वन्दी शंकर दासलाई ४ सय १९ मतअन्तरले पराजित गरे । दासले ३ सय २७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै उद्योग उपाध्यक्षमा दुर्गानन्द प्रसाद साहले ५ सय ७२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिद्वन्दी रामअशिष प्रसाद साहले ४ सय ७० मत प्राप्त गरे । बाणिज्य उपाध्यक्षमा रमेश कुमार साह बिजयी भएका छन् । उनले ८ सय १८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी गौरी शंकर प्रसाद साहले ३ सय २८ मत पाए ।
यस्तै महासचिवमा अमृतकुमार संचेतीले ६ सय ५५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी सुरज कुमार सिंहले ३ सय ८५ मत प्राप्त गरे । सचिवमा सुरेन्द्र बिमलले ५ सय ९३ मत तथा उनका प्रतिष्पर्धी गुलाब बदी उज्जमा खाँले ४ सय २४ मत प्राप्त गरे ।
यस्तै कोषाध्यक्षमा प्रमोद कुमार काबराले ६ सय ८४ तथा उनका निकटतम प्रतिद्वन्दी दिनेश प्रसाद साहले ३ सय ८९ मत प्राप्त गरे । सहकोषाध्यक्ष पदमा भने दास प्यानलका निर्मल कुमार मुन्धडा ५ सय ४४ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी अनिलकुमार सिंहले भने ४ सय ७६ मत मात्र प्राप्त गरे ।
यस्तै सदस्य पदमा अग्रवाल प्यानलका सन्तोष कुमार सिन्हा, सचिन्द्र दास, सुरेन्द्र प्रसाद साह, कमल प्रसाद साह, दिलिप प्रसाद गुप्ता र अम्बिका दाहाल निर्वाचित भएका छन् । दास प्यानलबाट सदस्य पदमा संजय पुर्वे निर्वाचित भएका छन् ।
अध्यक्षसहित १४ पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार समेत गरि ३१ जनाको उम्मेदवारी परेको थियो । सप्तरीको १८ वटै स्थानिय तहका गरि संघमा १ हजार ३ सय २२ मतदाता रहेकोमा निर्वाचनमा १ हजार १ सय ६१ मत खसेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
- 2082/05/25 सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ
- 2082/05/24 राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी
- 2082/05/22 उच्च अदालतका पाँच कर्मचारी सम्मानित
- 2082/05/22 खोला किनारमा महिला मृत फेला, टाउँकोमा चोट लागेका पुजारी मृत्यु
- 2082/05/22 असोज २२ देखी सप्तरी महोत्सव हुँदै
- 2082/05/22 ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ