News Category 2078/08/06
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले लैङ्गिक हिंसा र जातिय विभेद तथा छुवाछूत न्युनिकरणका लागि जनचेतना फैलाउनु पर्नेमा जोड दिएका छन ।
समता फाउन्डेसनको आयोजनामा लैङिक हिंसा र जातीय विभेद तथा छुवाछूत न्यूनीकरणका लागि कानुन कार्यान्वयनको भुमिका विषयक संबाद कार्यक्रमका सो कुरामा जोड दिएका हुन् ।
लैङ्गिक हिंसा र जातीय विभेद तथा छुवाछूत न्यूनीकरण गर्ने प्रसस्त ऐन कानुन बने पनी यसको प्रभावकारी कार्यान्वयनको अभावले समाजमा यस्ता घटानाहरुमा कमि आउन नसकेको उनले बताए । कानुनी अज्ञानता कारण ग्रामीण क्षेत्रका महिला तथा दलित समुदायहरु विभिन्न हिंसा सहेर वस्न वाध्य भएको उनको भनाई थियो ।
“सामजमा धेरै विकृति, महिलामाथि हिंसा, जातको आधारमा विभेद तथा छुवाछूतको जटिल अबस्थामा छ” उनले भने, “कानुनी ज्ञानको अभावले पीडितहरु यस्ता घटनालाई लिएर सम्बन्धित ठाउँमा अझै आउन सकेको छैन” ।
प्रजिअ गौतमले हिंसा र जातीय विभेद तथा छुवाछूत न्यूनीकरणका लागि जनचेतनामुलुक कार्यक्रमको अबश्यकता रहेको औल्याउदै पीडितको उजुरीको आधारमा घटनामा संलग्नहरुलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिए ।
सबैको सामुहिक प्रयासबाट मात्र यस्ता घटना न्यूनीकरण गर्न सकिन्छ, गौतमले भने, “अपराध मुक्त सामाज निर्माणका लागि नागरिक जागरुक हुनुपर्छ ।” पीडित भन्दा पिडक पक्ष उजुरी दिन पहिले आउने गरेका कारण पीडित पक्षले न्याय पाउन कठिनाइ हुने गरेको चर्चा गर्दै प्रजिअ गौतमले यस्तो अवस्थामा सत्यतथ्य बाहिर ल्याउन संचारकर्मीहरुको भुमिका महत्व हुने वताए ।
उनले हिंसाका घटनाहरुलाई उजागर गर्न संचारकर्मीहरुलाई आग्रह गर्दै लैङ्गिक हिंसा र जातिय विभिद र छुवाछूत जस्ता जघन्य अपराधमा संलग्नतालाई कडा कारबाही गर्ने प्रतिवद्वाता समेत व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण देवले लैङ्गिक हिंसा, जातीय विभेद विरुद्धको ऐना कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा राजविराज नगरपालिकाका उपप्रमुख साधाना झा, तिरुहुत गाउँपालिकाका उपाध्यक्ष तिर्थमाया मण्डल, एकल महिला संघ प्रदेश २ का अध्यक्ष अनिता देवकोटा, महिला अधिकारकर्मी करुणा झा, साधाना कर्ण, संचारकर्मी सुधा देव, अञ्जली मेहतर लगायतले बोलेका थिए ।
समता फाउन्डेसन प्रदेश २ का कार्यालय अधिकृत रामपुकार महराद्वारा संचालित कार्यक्रममा संवाद कार्यक्रमको बारे फाउन्डेसनका कानुनी सल्लाहकार अधिवक्ता प्रकाश नेपालीले गरे भने स्वागत कल्पना विश्वकर्माले गरिन ।
कार्यक्रममा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय, न्यायिक समितीका पदाधिकारी, संचारकर्मी, महिला अधिकारकर्मी, दलित अधिकारकर्मी लगायतका सरोकारवाला पक्षहरुको प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ