News Category 2078/08/07
काँग्रेस नगरसभापतिमा झा विजयी
दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
नेपाली काँग्रेसको राजविराज नगरपालिकाको नगर सभापतीमा आनन्द झा निर्वाचित भएका छन् ।
झाले ५ मतको अन्तरले प्रतिस्पर्घी धु्रव प्रसाद देवलाई पराजित गरेका हुन् । झाले १ सय १२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी देवले १ सय ७ मत प्राप्त गरे ।
मतदान सम्पन्नपछि दुई दिन सम्म चलेको मतगणना पश्चात मंगलवार विहान चुनावी नतिजा सार्वजनिक गरिएको हो ।
सभापति पदका उम्मेदवार देव १५ मत बदर भएका कारण पराजित हुन पुगेका छन् । देव पक्षमा गरिएको मत संकेत कोठा बाहिर र नाममै रेजा लगाइएका कारण १५ मत बदर भएको निर्वाचन समितीका सदस्य शैलेन्द्र मण्डलले जानकारी दिए ।
यता सभापतीमा देव पराजित भएपनि अन्य बाँकी अधिकाँस पदमा भने उनकै प्यानलका उम्मेदवार विजयी भएका छन् ।
८७ सदस्य कार्य समतिीमा केही निर्विरोध पद सहित झा समुहका २४ र देव समुहका ६३ जना निर्वाचित भएको सप्तरी काँग्रेसका प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् ।
उपाध्यक्षका दुबै पद देव समुहका अनिल कुमार यादव र प्रमोद कुमार दासले जितेका छन् । दुई सचिव पदमा भने देव पक्षका उम्मेदवार विश्वनाथ दास र झा पक्षका सुनिल परियार निर्वाचित भएका छन ।
यस्तै वडा सदस्य पदमा देव पक्षका अन्जना कुमारी माझी, विनोद कुमार माझी र राम नारायण मण्डल सर्वधिक मत ल्याई निर्वाचित भएका छन् । सदस्य पदमा देव समुह कै मालती देवी यादव, हरिनारायण दास, सिमा कुमारी रजक, लक्षमण साह, कृष्णा देवी चौधरी, गणेश साह, मन्टु देव, ललित नारायण मेहता, सच्चिन्द कुमार यादव, श्याम कुमारी यादव, सुकनी देवी यादव, शिव नारायण यादव, सुमित्रा देवी यादव, प्रयाग यादव, रामचन्द्र यादव, सियादेवी यादव, राजकुमार यादव, लक्षमण यादव, प्रतिमा देवी यादव, शिवनन्दन यादव, बालकृष्ण मण्डल, निलम कुमारी यादव, मालादेवी साह, जिवछ मण्डल, जगरुप यादव, पंचदेव मण्डल, श्याम नारायण मण्डल, सुकदेव मुखिया, मदन खंग, तिलक राम मोची र नारायण प्रसाद साह लगायत निर्वाचित भएका छन् ।
यस्तै झा समुहबाट सदस्य पदमा बैजनाथ साह, चन्द्रकला देवी दास, विजय गुप्ता, सचिदानन्द दास, संजिता देवी चौधरी, लक्षमण दास, जगदिश प्रसाद यादव, राम कुमार यादव, बच्चायी यादव लगायत निर्वाचित भएका छन् ।
अगामी दिनमा पार्टीको क्षेत्रिय, जिल्ला, प्रदेश र प्रतिनिधी सभा क्षेत्रको प्रतिनिधीको पनि निर्वाचन हुदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ