News Category 2071/05/25
विद्युत व्यापार सम्झौता राष्ट्रिय हित विपरीत ः दश बाम
दैनिक संवाददाता
राजविराज, २४ भदांैं ।
नेपाल सरकारले भारतसँग विद्युत व्यापार सम्बन्धमा गर्ने लागेको सम्झौता राष्ट्रिय हित विपरीत भएको भन्दै १० बाम घटकले मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको छ ।
१० बाम पार्टीका तर्फबाट गएका प्रतिनिधहरुले मंगलबार सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवलाई सो ज्ञापन बुझाएको नेकपा–माओवादीका सप्तरीका युवा कमिटिका इन्जार्च अरुण कुमार यादवले जानकारी दिनुभयो ।
बुझाएको ज्ञापनमा सचिवस्तरिय बैठकबाट भारतसँग गरिएको पिटिए र पिडिए सम्झौता खारेज गर्न माग गर्दै वर्तमान संक्रमणकालिन अवस्थामा सर्वपक्षिय राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नगर्न ध्यानाकर्षण गराइएको उल्लेख छ ।
सोही ज्ञापनमा जलश्रोत र उर्जा विकासको सन्दर्भमा राष्ट्रिय नीति तय, वर्तमान विद्युत लोडसेडिङ्गो समस्या, विद्युतको आन्तरिक माग र सबै नेपालीहरुले उपभोग गर्न पाउनेगरि विद्युत बिस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर माथिल्लो कर्णाली, अरुण तेश्रो, माथिल्लो मस्र्याङदी दोश्रो र तामाकोशी तेश्रो लगायतका निर्यातमूखी परियोजनाहरुलाई आन्तरिक आपूर्तीमुखी परियोजनाहरुमा परिवर्तन गर्न माग गरिएको छ ।
यस्तै माथिल्लो कर्णाली लगायतका जलविद्युत परियोजनाहरु राज्यद्वारा निर्माण, परियोजना निर्माणमा नीजि क्षेत्रलाई सहभागि गराउनु पर्दा चिलिमे वा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्न माग गरिएको छ ।
साथै परियोजनाहरुमा विदेशी लगानीको निम्ति विदेशी कम्पनीहरुसँग सम्झौता गर्दा परियोजनाहरुलाई आन्तिरिक आपूर्तीमूखी बनाउनुका साथै जलश्रोतमाथी स्थानिय जनताको अग्राधिकारको मान्यताअनुसार शेयरको व्यवस्था गरि स्थानिय जनताको स्वामित्व सुनिश्चित गर्न माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ