News Category 2078/08/09
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
नेपाली काग्रेस सप्तरीको प्रादेशिक सभा क्षेत्रको बिहीबार सम्पन्न अधिवेशनमा क्षेत्र नं. ३ को क र ख मा देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध निर्वाचित भएका छन् ।
प्रादेशिक सभा क्षेत्र नं. ३ को क बाट प्रादेशिक क्षेत्रिय सभापतिमा ध्रुबकुमार मण्डल र ख बाट भागवतप्रसाद यादव प्यानलसहित निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
काँग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवको निर्वाचन क्षेत्र समेत रहेको सो क्षेत्रमा सर्वसम्मतीले निर्विरोध चयन सम्भव भएको पार्टीका प्रवक्ता प्रभातकुमार ललनले जानकारी दिए । अन्य क्षेत्रमा भने सहमति हुन नसक्दा बिहीबार निर्वाचन हुने तय भएको छ ।
यस क्रममा बुधबारै अन्य प्रादेशिक क्षेत्रमा संस्थापन र संस्थापन इतर पक्षले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी डा. रुद्र नारायण शर्माका अनुसार प्रादेशिक सभा, क्षेत्र नं. १ को क बाट प्रादेशिक क्षेत्रिय सभापतिका लागि पर्शुराम चौधरी र कृष्ण ढकाल तथा ख बाट मुरली खिरहरी तथा उमेश मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै प्रादेशिक सभा क्षेत्र २ को प्रादेशिक क्षेत्रिय सभापतिका लागि सतिशचन्द्र झा (मदन) र श्याम यादव तथा ख बाट महेन्द्र यादव र एनेश्वर दासले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रादेशिक सभा क्षेत्र नं. ४ मा भने संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच केही विवाद देखिएकाले हाल अधिवेशन हुन नसकेको र विवाद समाधान गरि छिटै अधिवेशन गर्ने तयारी भइरहेको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ