News Category 2078/08/09
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
नेपाली काग्रेस सप्तरीको प्रादेशिक सभा क्षेत्रको बिहीबार सम्पन्न अधिवेशनमा क्षेत्र नं. ३ को क र ख मा देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध निर्वाचित भएका छन् ।
प्रादेशिक सभा क्षेत्र नं. ३ को क बाट प्रादेशिक क्षेत्रिय सभापतिमा ध्रुबकुमार मण्डल र ख बाट भागवतप्रसाद यादव प्यानलसहित निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
काँग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवको निर्वाचन क्षेत्र समेत रहेको सो क्षेत्रमा सर्वसम्मतीले निर्विरोध चयन सम्भव भएको पार्टीका प्रवक्ता प्रभातकुमार ललनले जानकारी दिए । अन्य क्षेत्रमा भने सहमति हुन नसक्दा बिहीबार निर्वाचन हुने तय भएको छ ।
यस क्रममा बुधबारै अन्य प्रादेशिक क्षेत्रमा संस्थापन र संस्थापन इतर पक्षले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी डा. रुद्र नारायण शर्माका अनुसार प्रादेशिक सभा, क्षेत्र नं. १ को क बाट प्रादेशिक क्षेत्रिय सभापतिका लागि पर्शुराम चौधरी र कृष्ण ढकाल तथा ख बाट मुरली खिरहरी तथा उमेश मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै प्रादेशिक सभा क्षेत्र २ को प्रादेशिक क्षेत्रिय सभापतिका लागि सतिशचन्द्र झा (मदन) र श्याम यादव तथा ख बाट महेन्द्र यादव र एनेश्वर दासले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रादेशिक सभा क्षेत्र नं. ४ मा भने संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच केही विवाद देखिएकाले हाल अधिवेशन हुन नसकेको र विवाद समाधान गरि छिटै अधिवेशन गर्ने तयारी भइरहेको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ