News Category 2078/08/13
काँग्रेसमा धमाधम अधिवेशन सम्पन्न हुँदै

दैनिक समाचारदाता
राजबिराज, १३ मंसिर ।
सप्तरीमा काँग्ेसको वडा, गाउँ र नगरको अधिवेशन सकिएपछि अहिले प्रदेशसभा क्षेत्रिय अधिवेशन र कार्यसमिति चुन्ने क्रम चलिरहेको छ ।
सप्तरीको ४ नं. क्षेत्र बाहेक सबै क्षेत्रमा सोमबारसम्ममा वडा, गाउँ, नगर र प्रदेशसभा क्षेत्रिय समितिको अधिवेशन सकिएको छ ।
पछिल्लो पटक सप्तरीको क्षेत्र नं. २ को क को प्रदेशसभा क्षेत्रिय कार्यसमितिको चयन गरिएको छ । यहाँ सहमति हुन नसक्दा निर्वाचन प्रणालीद्वारा नयाँ कार्यसमिति चयन गरिएको काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिए ।
सोमबार बिहान घोषित मतगणना परिणाम अनुसार प्रदेशसभा क्षेत्रिय क को सभापतिमा संस्थापन पक्षका महेन्द्र यादव प्यानलसहित निर्वाचित भएका छन् । यादवले १ सय ६८ मत पाउँदा निकटतम प्रतिद्वन्दी संस्थापन इतर पक्षका ऐनेश्वर दासले ९२ मत मात्र प्राप्त गरे ।
कुल ८ प्रदेश सभा क्षेत्रिय कार्यसमिति रहेको जिल्लामा हालसम्म ६ वटाको अधिवेशन सम्पन्न भएको छ । जसमध्ये संस्थापन पक्षका ४ र संस्थापन इतर पक्षिय २ जना सभापतिले जित हात पारेको छ । सप्तरीको ४ नं. प्रदेशसभा क्षेत्रको क र ख मा भने विवादका कारण अहिलेसम्म अधिवेशन हुन सकेको छैन् ।
जिल्ला निर्वाचन अधिकारी डा. रुद्र प्रसाद शर्माले विवाद समाधान गरि एक दुई दिनमै त्यस क्षेत्रको पनि अधिवेशन सम्पन्न गराउन आफू लागि परेको बताएका छन् ।
यसैबीच नेपाली काँग्रेसको निवार्चनमा मतगणामा रौचक घटना भएको छ । प्रदेश सभा २ नं. क्षेत्र ख को उपसभापतिमा एक जना उमेदवार गोला प्रथावाट छानिएका छन् ।
संस्थापन पक्षका मानिएका रंजित कुमार चौधरी र संस्थापन ईतर पक्ष्का उम्मेदवार बिजय कुमार साह ले बराबर मत ल्याएपछि गोला प्रथावाट नतिजा टुङ्गयाइएको हो ।
पार्टीका प्रवक्ता प्रभातकुमार ललनका अनुसार चौधरी र साह दुबैले १ सय २९ मत प्राप्त गरेका थिए । उपसभापति पदमा दुबैको मत बराबरी भएपछि सोमबार बिहान जिल्ला निर्वाचन अधिकारी रुद्र प्रसाद शर्माको उपस्थितिमा गरिएको गोलाप्रथामा साहले बाजी मारे ।
सभापतिमा पनि संस्थापन इतर पक्षकै श्याम यादवले ५ मतले चुनाव जितेका थिए । यसअघि सम्पन्न राजविराज नगर सभापतिमा आनन्द कुमार झा र प्रदेश १ को क मा प्रदेश क्षेत्रिय सभापति पदमा परशुराम चौधरीले ५ मतको अन्तरले चुनाव जितिसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ