News Category 2078/08/13
मंसिर १७ देखी गाउँ–गाउँ पुग्दै मतदाता नामावाली संकलन टोली

दैनिक समाचारदाता
राजबिराज, १३ मंसिर ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले मतदाता नामावली संकलनका लागि मंसिर १७ देखी जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकामा खटिने भएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन बारे सो जानकारी दिएको हो ।
फोटोसहितको मतदाता नामावली संकलन २०७८ अन्तरगत संचालन हुने कार्यक्रम बारे जिल्ला स्तरमा सरोकारवालाहरु सँग गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले मंसिर १७ देखी गाउँ गाउँमा मतदाता नामावली संकलन गर्ने टोली परिचालन हुने बताए ।
आउँदो निर्वाचनलाई लक्षित गरि निर्वाचन कार्यालयले गाउँ गाउँमा पुगि मतदाता नामावली संकलन कार्य सुरु गरेको हो । पहिलो चरणमा मंसिर १७ देखी पुस २५ सम्म जिल्लाको सबै नगरपालिका तथा तिरहुत र अग्निसाइर कृष्णसवरण गाउँपालिकामा प्राविधिक टोली खटाएर मतदाता नामावली संकलन गरिने छ ।
यस्तै दोश्रो चरणमा पुस ४ गतेदेखी पुस २५ सम्म बाँकी रहेका अन्य सबै गाउँपालिकामा टोली पुग्ने जिल्ला निर्वाचन अधिकारी जोशीले जानकारी दिए ।
हरेक स्थानिय तहमा प्रमुख नाम दर्ता अधिकारीको नेतृत्वमा तालिम प्राप्त कर्मचारी र प्राविधिकसहितको टोली पठाएर मतदाता नामावली संकलन गर्ने तयारी गरिएको र यसका लागि आवश्यक पर्ने कर्मचारी करारमा राखिएको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्धन गौतम, पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, जसपाका केदार यादव, लोसपाका सुनिल झा, नेकपा माओवादी केन्द्रका बिनोद यादव, जनमत पार्टीका परमानन्द माली, लगायतले पनि विभिन्न सुझाव दिँदै मतदानका लागि उमेर पुगेका र योग्य मतदाताको मतदान अधिकार सुनिश्चित गर्न थालिएको मतदाता नामावली संकलन कार्यमा गाउँ गाउँ पुग्ने टोलीलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
सप्तरीमा २०७७ पुस ५ सम्ममा १ लाख ८६ हजार ९ सय ४७ पुरुष तथा १ लाख ७० हजार ८ सय ३७ गरि कुल ३ लाख ५७ हजार ७ सय ८४ मतदाता छन् । त्यसपछि हालसम्मको अवधीमा तेश्रोलिङ्गी २१ सहित राजविराज, कंचनरुप र बोदेबरसाइन नगरपालिकास्थित प्रशासन कार्यालयमा थप १७ हजार मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
- 2082/02/30 राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
- 2082/02/30 पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
- 2082/02/30 कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
- 2082/02/30 कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
- 2082/02/29 कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
- 2082/02/29 सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
- 2082/02/29 सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित
- 2082/02/29 गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ