News Category 2078/08/15
न्यूनतम ज्याला सम्बन्धि सम्वाद सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बुधवार न्युनतम ज्याला बिषयक सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा डाक्नेश्वरी नगरपालिकाको नगरसभा हलमा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधि, रोजगारदाता तथा हरवा चरवा मजदुरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा हरवा चरवाका प्रतिनिधिहरुले अझै आफुहरुले उचित ज्याला पाउन नसकेको गुनासो गरेका छन् भने रोजगारदाताहरुले कृषिमा लगानी अनुरुपको प्रतिफल आउन नसकिरहेकाले मजदुरहरुलाई उचित ज्याला दिन नसकेको स्वीकारेका छन् ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सदस्य चतुरनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिबनारायण साह, उपप्रमुख इन्दुकुमारी यादव, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ड) का उपाध्यक्ष गायत्री पंडित, सचिव गणेश कुमार चौधरी लगायतले श्रम ऐन लागु भएपनि प्रभाबकारी कार्यान्वयन हुन नसकेकाले हरवा चरवा तथा श्रमिकहरुले अझै उचित ज्याला पाउन सक्ने अवस्था नरहेकोे बताए ।
कार्यक्रममा रोजगारदाताहरु सुर्यनारायण साह, सुरेश यादव, कामेश्वर यादव लगायतले खेती गर्न लगानी धेरै लाग्ने तर उत्पादन थोरै हुने गरेकाले चाहेरपनि कृषि मजदुरहरुलाई सरकारले निर्धारण गरे अनुसारको पारिश्रमिक दिन नसकिरहेको बताए ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेश सदाद्वारा सञ्चालित कार्यक्रममा कार्यक्रम संयोजक शारदा चौधरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ