News Category 2078/08/15
सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सूचनाको हक सम्बन्धी कानुन बमोजिम सूचना नदिएको भन्दै सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी परेको छ ।
बुधबार राजविराजमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रियामा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सो जानकारी दिदै आयोगको तथ्याङ्क हेर्दा पुनरावेदनका लागि आउनेहरूको संख्या वर्षेनि बढिरहेको बताए ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामग्री वा जानकारी सम्बन्धित कार्यालयका सूचना अधिकारी समक्ष निवेदन दिएर सूचना माग्न सकिने प्रावधान रहदा रहदै त्यसो नपाइएपछि आएको उजुरीमाथी कारवाही गरिएको आयोगका सचिव पाण्डेले प्रष्ट पारे ।
सूचना अधिकारीले नदिए त्यसको सात दिनभित्र कार्यालय प्रमुखसमक्ष उजुरी दिन सक्ने व्यवस्था छ । ऐनले दिन मिल्ने भनेको सूचना कार्यालय प्रमुखले समेत नदिए सूचना आयोगमा पुनरावेदन गर्न सक्ने प्रावधान छ ।
सूचनाको हक सम्बन्धी ऐनमा सूचना अधिकारी वा कार्यालय प्रमुखले मुनासिव कारण विना सूचना नदिए रु. १ हजारदेखि रु. २५ हजारसम्म जरिवाना र विभागीय कारबाही तथा ढिला गरेमा प्रतिदिन रु. २०० का दरले जरिवाना हुने व्यवस्था छ ।
सो कार्यक्रममा नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देवले सार्वजनिक सरोकारका कुनै पनि विषयका सूचना माग्ने र पाउने हक हुने व्यवस्था गरिए पनि सुचना सहज रूपमा पाउन नसकेको गुनासो गरे ।
राष्ट्रिय सूचना आयोगका आयुक्त रत्न प्रसाद मैनालीले सूचना प्रणालीलाई नागरिक सम्म पहँुच पु¥याउनु पर्नेमा जोड दिए । उनले जिल्लास्थित सबै सार्वजनिक निकायका सूच्ना अधिकारीले सूचना लिन आउनेलाई सहज रुपमा सूचना उपलब्ध गराउनु पर्नेमा बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायत विभिन्न कार्यालयका प्रतिनिधी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ