News Category 2078/08/17
असक्तलाई सिरक प्रदान

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
चिसोबाट पीडित र शारिरीक रुपमा अशक्त विपन्न परिवारका ५० जनालाई शुक्रबार सिरक प्रदान गरिएको छ ।
राजविराजस्थित समावेशी अपाङ्ग संघ र बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीले संयुक्त रुपमा ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर ५० जना शारीरिक असक्तलाई सिरक बितरण गरेको हो ।
उक्त कार्यक्रममा राजबिराज नगरपालिकाको सहयोगमा १६ वटै वडाबाट आएका ५० जना अपांगता भएका ब्यक्तीहरूलाई सिरक बितरण गरिएको समाबेशी अपांग संघका अध्यक्ष सतिशचन्द्र झाले जानकारी दिए ।
समावेशी अपाङ्ग संघका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले सिरक बितरण गरेका थिए ।
कार्यक्रममा समाजिक क्षेत्रमा योगदान पु¥याए वापत नगर प्रमुख यादव, उपप्रमुख साधना झा, पत्रकार बैजनाथ झा, मनोहर पोखरेललाई आयोजकले सम्मान गरेका थिए ।
राजविराज नगरपालिकाको सहयोगमा गरिएको उक्त कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदीश अर्यालले आर्थिक रुपले कमजोर र शारिरीक रुपमा अशक्तहरुलाई प्रत्येक वर्ष अपाङ्ग दिवसको अवसर पारेर संघद्वारा विभिन्न सहयोग र शिपमूलक कार्यक्रमहरुको आयोजना गरिदै आएको जानकारी दिए ।
यसैगरी शुक्रबारै बोदेबरसाईन नगरपालिका नगरप्रमुख आतेश कुमार यादबको उपस्थितिमा अपांगता भएका १ सय ५० जना ब्यक्तीहरूलाई कम्वल बितरण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ