News Category 2078/08/21
मोटरसाईकल चोरी भएको आठ दिनपछि चोरसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
भन्सार कार्यालय भित्र पसेका एक सेवाग्राहीको मोटरसाईकल चोरी गरी फरार रहेका राजविराज ६ निवासी विसो भन्ने विश्व कुमार यादव पक्राउ परेका छन् ।
चोरीको मोटरसाईलसहित प्रहरीले घटनाको ८ दिनपछि सोमवार साँझ पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।
गत मंसिर १३ गते दिउसो १ बजे तिर काम विषेशले तिलाठी स्थित राजविराज भन्सार कार्यालय पुगेका सप्तरीको तिरहुत गाउँपालिका ४ निवासी सोभित लाल खंगको मोटरसाईकल चोरी भएको थियो । मोटरसाईकल चोरी भएको थाहा पाएपछि खंगले प्रहरीमा जाहेरी दिएका थिए ।
खोज तलासको क्रममा सोमवार साँझ राजविराज ५ स्थित एक स्थानबाट चोरीको मोटरसाईकल सहित २० वर्षिय यादव पक्राउ परेको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनलाई नियन्त्रणमा राखी चोरी मुद्दा शिर्षक अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
- 2082/02/30 राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
- 2082/02/30 पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
- 2082/02/30 कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
- 2082/02/30 कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
- 2082/02/29 कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
- 2082/02/29 सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
- 2082/02/29 सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित
- 2082/02/29 गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ