News Category 2078/08/21
मोटरसाईकल चोरी भएको आठ दिनपछि चोरसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
भन्सार कार्यालय भित्र पसेका एक सेवाग्राहीको मोटरसाईकल चोरी गरी फरार रहेका राजविराज ६ निवासी विसो भन्ने विश्व कुमार यादव पक्राउ परेका छन् ।
चोरीको मोटरसाईलसहित प्रहरीले घटनाको ८ दिनपछि सोमवार साँझ पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।
गत मंसिर १३ गते दिउसो १ बजे तिर काम विषेशले तिलाठी स्थित राजविराज भन्सार कार्यालय पुगेका सप्तरीको तिरहुत गाउँपालिका ४ निवासी सोभित लाल खंगको मोटरसाईकल चोरी भएको थियो । मोटरसाईकल चोरी भएको थाहा पाएपछि खंगले प्रहरीमा जाहेरी दिएका थिए ।
खोज तलासको क्रममा सोमवार साँझ राजविराज ५ स्थित एक स्थानबाट चोरीको मोटरसाईकल सहित २० वर्षिय यादव पक्राउ परेको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनलाई नियन्त्रणमा राखी चोरी मुद्दा शिर्षक अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ