News Category 2078/08/23
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी
दैनिक समाचारदाता
राजबिराज २२, मंसिर ।
प्रधानमन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दुई खेलमा बारा र सर्लाही बिजय भएका छन ।
सम्पन्न पहिलो खेलमा बाराले सिरहालाई ७ बिकेट तथा अर्को खेलमा सर्लाहीले सप्तरीलाई ९ बिकेट पराजित गरेको छ ।
राजबिराजस्थित राजरंगशाला खेल मैदानमा भएको पहिलो खेलमा टस जितेर बाराले २० ओभरमा ४ बिकेट गुमाई ९३ रन को योगफल खडा गरेको थियो । जसमा प्रतिमा साह अविजित ३३ रन, साना प्रविण २० रन जोडेका थिए । बलिङतर्फ सिरहाकी अनुराधा चौधरी २ र चन्द्रिका साहले १ बिकेट हात पारिन ।
प्रतिउत्तरमा सिरहाले १३ ओभर ४ बलमा १० बिकेट गुमाई ८६ रन मात्र बनाउन सक्यो । जसमा आरती चौधरीले १५ रन, सरस्वति चौधरीले १२ रन जोडे । बलिङतर्फ बाराकी प्रियंका गुप्ता ३, साना प्रविण र मधु राउत २÷२ तथा प्रतिमा साहले १ बिकेट लिएकी थिइन् । खेलमा बाराकी प्रतिमा साह म्यान अफ दि म्याच घोषित भइन् ।
यसैगरी सम्पन्न दोस्रो खेलमा टस जितेर सप्तरीले ९ ओभर खेल्दै सबै बिकेट गुमाई मात्र ३९ रनको योगफल खडा गर्न सक्यो । जसमा कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेन भने अधिकांश रन अतिरक्तबाटै जोडिएका थिए ।
बलिङतर्फ सर्लाहीकी तुलसी बिश्वकर्माले उत्कृष्ट बलिङ गर्दै ५ बिकेट लिएपछि सप्तरी सस्तो मै सिमित रह्यो । खेलको म्यान अफ दि म्याच सर्लाहीकी तुलसी बिश्वकर्मा घोषित भइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ