News Category 2078/08/24
कारागारमा भोकहड्ताल र नाराबाजी तीन सदस्यीय छानबिन समिति गठन
दैनिक समाचारदाता
राजबिराज, २४ मंसिर ।
राजविराज कारागारका कैदीबन्दीहरुले शुक्रबार भोकहड्तालसहित नाराबाजी गरेका छन् ।
कारागार भित्र भइरहेको अनियमितता रोक्न तथा दोषिमाथी कारवाहीको माग गर्दै कारागारका ए ब्लकका कैदीबन्दीहरु भोकहड्ताल र नाराबाजीमा उत्रिएका हुन् ।
उनीहरुले जेलर सुमन कोइराला, कार्यालय सहयोगि चन्दन यादव, नाइके बिजय यादव लगायतको सरुवाको माग समेत गरेका छन् ।
कारागार भित्र संचालित किराना पसलमा चर्को मुल्य लिएर समान बिक्रि गर्ने गरेको, भेट्न आउने आफन्तहरुसँग दुव्र्यबहार गर्ने गरेको तथा गर्ने गरेको तथा सरकारले उपलब्ध गराए अनुसारको सेवा सुविधा नदिएको भन्दै कारागारको ए ब्लकका १ सय ७९ जना कैदीबन्दी आन्दोलनमा उत्रेका हुन् ।
कारागारभित्र किराना पसलमा जेलर कोइराला, कार्यालय सहयोगि र नाइके समेतको मिलोमतोमा आफूहरुले किन्ने सामानमा चर्को मुल्य लिने गरेको कैदीबन्दीको आरोप छ । यस्तै सरकारले दिए अनुसारको सेवा सुविधा नदिएको उनीहरुको आरोप छ ।
कैदीबन्दीहरु आन्दोलन सुरु गरेपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले लगायतको सहभागितामा दुई घण्टाको छलफलपछि तीन सदस्यीय छानबिन समिति गठन गरि सोको प्रतिवेदनको आधारमा दोषिमाथी कारवाही गरिने सहमतिपछि आन्दोलन स्थगित गरिएको जनाइएको छ ।
कुल १ सय २५ कैदीबन्दी राख्ने क्षमता भएको उक्त कारागारमा हाल ए, बी र महिला ब्लक गरि कुल ३ सय ५२ कैदीबन्दी राखिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ