News Category 2078/08/25
लालापट्टीमा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरे
राजविराज÷सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीमा पशु चौपायामा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरेका छन् ।
एक सातायता पशु चौपायामा मुखमा घाँउ हुने, ¥याल बग्ने, खुट्टामा घाँउ हुने लगायतका लक्षण देखिएको र सोही कारणले मर्न थालेको पीडित पशुपालकहरुले जानकारी दिएका छन् ।
पशुपालक योगेन्द्र यादवका अनुसार कुनै पशुलाई मुखमा घाँउ हुने, कसैलाई अत्याधिक ¥याल बग्ने त कसैलाई खुट्टामा घाँउ हुने लगायतको संक्रमण देखिएको छ । अर्का पशुपालक किशोर कुमार यादवले गाउँका थुप्रै पशुचौपायामा यस्तो समस्या देखिएको बताए ।
सो गाउँका बासिन्दा समेत रहेका पूर्वमन्त्री उमेश कुमार यादवका अनुसार हालसम्म पशु पालक योगेन्द्र यादव, सत्यनारायण यादव, परशुनारायण यादव, किशोर यादव लगायत दर्जनौं पशुपालकका एक सय भन्दा बढी गाई, भैसि, बाख्रा र बोका उक्त रोगको प्रकोपबाट मरिसकेका छन् ।
लालापट्टीमा देखिएको रोगको प्रकोप नियन्त्रण तथा पीडित पशुपालकलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पूर्वमन्त्री यादवले माग गरेका छन् ।
उनले रोग प्रकोप नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मीको औषधीसहितको टोली प्रभावित क्षेत्रमा पठाई उपचारको व्यवस्था मिलाउन प्रदेश र संघीय सरकारसँग माग गरेका छन् ।
उनले प्रभावित बस्तीमा निशुल्क पशु स्वास्थ्य शिविर संचालनका लागि पहल गर्न समेत सरकारसँग माग गरेका छन् । यता भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीले सो गाउँमा पशुमा देखिएको रोगको प्रकोप नियन्त्रणका लागि औषधीसहित पशु चिकित्सकको टोली पठाउन लागिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ