News Category 2078/08/26
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीको अध्यक्षमा भगवती प्रसाद चौधरी चयन भएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष चौधरीको अध्यक्षतमा ७ सदस्यीय समिति गठन भएको हो ।
गठित समितिको उपाध्यक्षमा जितेन्द्र प्रसाद चौधरी, सचिवमा रामनाथ चौधरी, सहसचिवमा राधा कुमार चौधरी र कोषाध्यक्षमा रन्जना चौधरी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा शम्भु चौधरी र अनिता चौधरी चयन भएका छन् । यसैगरि अधिवेशनले बृजमान तामाङ, प्रियासिंह थारु, डम्बर राई र रामबहादुर चौधरीलाई सल्लाहकारमा चयन गरेको छ ।
यसअघि अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले नयाँ संरचनामा काम गर्न सजिलो नभएको बताएका छन् । उनले पहिलो चौमासिक सकिन लाग्दा खर्च भने कुल बजेटको १० प्रतिशत मात्र भएको भन्दै चालुमा ८ र पुँजिगतमा २ कर्मचारी मात्र रहेकोले यस्तो अवस्था सृजना भएको बताए । पत्रकार जगतलाई सुदृढिकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो ।
जनजाती पत्रकार महासंघककी अध्यक्ष प्रिया सिंह थारुको अध्यक्षता आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवण देव, आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, जसपाका नेता विनोद चौधरी, थारु कल्याणकारी सभा सप्तरीका अध्यक्ष शिवनारायण थारु, पत्रकार मनोहर पोखरेल, आदिवासी जनजाति महासंघ सप्तरीका पूर्वअध्यक्ष बृजमान तमाङ्ग, जसपा मधेस प्रदेश २ समितिका उपाध्यक्ष शम्भु झा, रुपनी गापा अध्यक्ष हरेराम यादव लगाएकाले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ