News Category 2078/08/26
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
नेपाल विद्युत प्राधिकरणले देशभरका सबै विद्युत महसुल काउन्टर पुस १ देखि ५ गतेसम्म पाँच दिनका लागि बन्द गर्ने भएको छ ।
प्राधिकरणले समायोजन भएको विद्युत महसुलको बिलिङ प्रणाली मिलाउन महसुल संकलन हुने काउन्टरहरू बन्द गर्न लागेको नेपाल विद्युत प्राधिकरण बितरण शाखा राजविराजका प्रमुख मधुसुदन यादवले जानकारी दिएका छन् ।
परिवर्तित नयाँ विद्युत महसुल दरको एम–पावर बिलिङ प्रणाली लागु गर्न त्यसको अद्यावधिक गर्नु पर्ने हुँदा काउन्टरबाट दिइने सेवा अवरूद्ध हुने उनले जनाए ।
एम–पावर बिलिङ प्रणाली लागु गर्न तथ्यांकको अद्यावधिक गर्ने कार्य पूरा भएपछि ५ गतेदेखि सबै वितरण केन्द्रका महसुल काउन्टरहरूबाट नियमित सेवा सुचारु हुने प्राधिकरणले जनाएको छ ।
विद्युत नियमन आयोगको गत कात्तिक ८ गते विद्युतको महसुल दर समायोजन गरेको थियो । आयोगले सबै वर्गका ग्राहकले लाभ पाउने गरी विद्युत महसुल समायोजन गरेको थियो ।
समायोजित महसुल दर मंसिर महिनाबाट लागु भएको छ । प्राधिकरणले पुस महिनामा ग्राहकलाई समायोजन भएको दर अनुसार खपत भएको विद्युत महसुलको बिल दिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ