News Category 2078/08/27
दुई विद्यालय भवन निर्माणका लागि मनपरी ढंगले उपभोक्ता समिति गठन
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीको महादेवा गाउँपालिका १ स्थित दुई वटा विद्यालयमा भवन निर्माण कार्यको लागि उपभोक्ता समिति मनोमानी ढंगबाट बनाउने गरिएको खुलासा भएको छ ।
महादेवा गाउँपालिका १ स्थित नरबहादुर थापा जनता मा.वि. पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विदालय सोनरामा प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहको संसदीय विकाश कोषवाट ८० लाखको ४ कोठे भवन उपभोक्ता समितिको सूचना स्थानिय संचार मिडियामा प्रकाशन तथा प्रसारण नगरी गोप्य रुपमै आप्mनो आफन्त नाता गोता पार्टीका कार्यकर्ता लगायतलाई राखेर बनाउने गरिएको पाइएको छ ।
दुबै विदालयमा ८० लाखको भवन निर्माणको लागी स्थानिय संचार गृहको मिडियाहरुमा कुनै किसिमको सूचना प्रकाशन तथा प्रसारण नगरी गोप्य ढंगबाट उपभोक्ता समिति निर्माण गरिएको स्थानियले बताएको छ ।
मन्त्रि साहको संसदीय विकाश कोषवाट पकरी माविमा २ कोठे भवनको लागी ५० लाख र सोनरा राप्राविको लागी ३० लाखको २ कोठे भवन उपभोक्ता समितिमा कार्यकर्ता, आफना नातेदार, आफन्तलाई उपभोक्ता समितिमा राखेको स्थानिय उपभोक्ता विधानन्द यादवले आरोप लगाए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवले उपभोक्ता समिति गठन प्रकृया लगायत अन्य कुराहरुवारै गाउँपालिकामा कुनै किसिमको जानकारी नरहेको सञ्चारकर्मीलाई बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ