News Category 2078/08/27
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ आइतबार लुटिएको छ ।
अनुदानको गहुँको बिऊ आफ्नै केही कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा स्थानिय तथा भारतीय तिर्थयात्रुहरुले लुटेर लगेको गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले आरोप लगाएका छन् ।
अध्यक्ष मण्डलले गँहुको बिऊ निमित्त प्रशासकीय अधिकृत महेश कुमार शर्मा, वडा नं. ६ का अध्यक्ष बिरेन्द्र साह तथा उपाध्यक्ष उषाकुमारी मण्डललगायतको मिलोमतोमा गाहुको बिऊ लुटिएको दाबी गरे ।
अध्यक्ष मण्डलले गाउँपालिकाको शसर्त अनुदान अन्तरगत २० लाख रकम बराबरको उक्त बिऊ खरीद गरिएको जानकारी दिए । उनले गाउँपालिका नजिकै रहेको छिन्नमस्ता मन्दिरको धर्मशालाको कोठामा राखिएको बिऊ ताला तोडेर केही स्थानिय र भारतीय तिर्थयात्रीहरुले लुटेर लगेको बताए । बिऊ लुटिएको खबर पाएपछि आफूले जिल्ला प्रहरी कार्यालयमा खबर गरे लगत्तै आएको प्रहरी टोलीले केही बोरा बिऊ बरामद गरेको जानकारी दिए ।
यता गाउँपालिका निमित्त प्रशासकीय अधिकृत शर्माले ती गहुँको बिऊ गाउँपालिकाले खरीद नगरेको जनाएका छन् । उनले उक्त गहुँको बिऊ कसले खरीद गरेर ल्याएको बारे आफूलाई थाहा नभएको स्पष्ट पारे ।
स्थानियका अनुसार ५ सय २५ बोरा मध्ये १ सय जति बोरा केही स्थानियले लुटेको तथा बाँकी रहेका बोरा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा लुकेर बिक्रि गरेका छन् । उनीहरुले छिमेकी मुलुक भारतमा समेत गहुँको बिऊ बिक्रि गरिएको आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ