News Category 2078/08/27
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ का जनता कृषिमै निर्भर रहेकाले दक्ष जनशक्ति उत्पादनका साथ साथै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा सोमबार एक कार्यक्रमबीच प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएका हुन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले कृषि क्षेत्रको आधुनिकीकरण एवं भुमिको व्यवस्थापनले गरिबी र बेरोजगारी समस्या हटाउनु सँगै जनशक्ती उत्पादन कृषि विश्वविद्यालयकोे लक्ष्य रहेको बताए ।
भारतको निर्मलीदेखी न्योरहुँदै सप्तरीको छिन्नमस्ता, राजविराज, गाइघाट–सोलु जोड्ने सडक विस्तार गर्ने आफ्नो महत्वपूर्ण योजना रहेको भन्दै अध्यक्ष यादवले यसले दिल्ली टु चाइना मालसामान ढुवानी गर्न सकिने उल्लेख गरे ।
सो उद्घाटन कार्यक्रममा कृषि विश्वविद्यालयका कुलपति समेत रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दक्ष जनशक्ति उत्पादन नभएसम्म प्रदेश र देशको विकास हुन नसक्ने बताए । प्राविधिक शिक्षा प्रदान गर्ने सीटीईभीटी प्रदेश मातहतमा राखिनुपर्नेमा उनको भनाई थियो ।
विना सीप जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेकाले प्राविधिक शिक्षा सम्बन्धी बोर्ड प्रदेश सरकारले गठन गर्न लागेको उनले जानकारी दिए । प्राविधिक शिक्षामा प्रदेश सरकारले जोड दिदै आएको बताउदै दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर एवं रोजगारमूलक प्रदेश बनाउने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विश्वविद्यालयका लागि बजेटको अभाव हुन नदिने बताउँदै विश्वविद्यालय संचालनका लागि प्रदेश सरकार हरसम्भव प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे
सोही कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साहले संघीयताको उपज कृषि विश्वविद्यालय भएको बताउँदै प्रदेशको कृषि क्षेत्रलाई अगाडी बढाउन सरकार कटिबद्ध रहेको जनाए ।
प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको स्थापना तथा संचालनका लागि गत मंगलबार प्रदेश २ का नीति तथा योजना आयोगका पुर्व सदस्य डा. वैधनाथ महतोलाई उपकुलपतिमा नियुक्त गरेको थियो । डा. महतो कृषिका अव्वल वैज्ञानिक हुन ।
प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ गते प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए । सो अध्यादेशमार्फत प्रदेश २ को कृषि विश्वविद्यालय सप्तरी सदरमुकाम राजविराजमा स्थापना गर्ने निर्णय गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ