News Category 2071/05/27
हत्याको अभियोगमा एक यूवकलाई सर्वस्व कैद
दैनिक संवाददाता
राजविराज, २६ भदौं ।
जिल्ला अदालत राजविराजले हत्याको अभियोगमा बिहीबार एकजना यूवकलाई सर्वस्व कैदको फैसला सुनाएको छ भने दुई जनालाई एक÷एक वर्ष, दुई जनालाई ६÷६ महिना कैदको फैसला तथा दुई जनालाई सफाई दिएको छ ।
जिल्ला अदालतका न्यायाधिश बद्री प्रसाद ओलीको एकल इजलाशले राजविराज ७ निवासी २१ वर्षिय रबिन मण्डललाई उक्त फैसला सुनाएको हो ।
२०७० साल भदौं १३ गते कृष्ण जन्मअष्टमीको दिन राजविराजस्थित हटियामा भएको ग्याङ्ग फाइटको क्रममा छुरा प्रहारबाट राजविराज ३ निवासी १७ वर्षिय अनिल मण्डलको हत्याको अभियोगमा मण्डललाई सर्वस्व कैदको फैसला दिएको अदालतले जनाएको छ ।
सोही अभियोगमा आदलतलले राजविराज ७ निवासी बिशाल मेहतर र सुरज मेहतरलाई एक÷एक वर्ष कैद, सप्तरी खड्गपुर ५ निवासी रुपचन्द्र यादव र कृष्ण यादवलाई ६÷६ महिना कैद तथा सुरेन्द्र साह र अमित गुप्तालाई सफाई दिएको छ ।
राजविराज वडा नं. ७ र ३ का यूवा समूहबीच भएको फाइटका क्रममा मण्डललाई छुरा प्रहार गरि गम्भिर घाइते बनाएपछि स्थानीयहरुले राजविराजस्थित गजेन्द्र नारायणसिंह अंचल अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ