News Category 2078/08/29
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा अहिले पनि नागरिकता समस्या कायमै रहेकोले त्यसलाई समाधान गर्न जसपाले अग्रसरता देखाएको बताएका छन् ।
सप्तरीको तिरहुत गाउँपालिका १ मा बुधबार आयोजित वृहत पार्टी प्रवेश अभियानमा सम्बोधन गर्दै उनले मधेशमा जन्मको आधारमा दिइने नागरिकताको समस्या रहेकोले त्यसलाई समाधानका लागि पार्टीले ससंदमा आवाज उठाइरहेको बताए ।
उनले सो समस्या समाधानका लागि नागरिकता ऐन नै संशोधन गर्नुपर्ने आवश्यक रहेको उल्लेख गर्दै नागरिकता ऐन संशोधनमा अवरुद्ध भएको तर जसपाले नागरिकता दिलाउन अग्रसरता देखाएको बताए ।
मधेसमा ८० प्रतिशत नागरिक कृषिमा आधारित रहेकाले राज्यले सबैभन्दा बढी लगानी यसै क्षेत्रमा गर्नु पर्नेमा जोड दिए ।
जसपा तिरहुत गाउँपालिकाका संयोजक विरेन्द्र मिश्रको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साह, तिरहुत गाउँपालिकाकी उपाध्यक्ष तिर्थमाया खंग, वडा नम्वर ४ का अध्यक्ष मनोज यादव लगायतले पनि सम्बोधन गरेका थिए ।
सो कार्यक्रममा सय भन्दा बढी व्यक्ति विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अध्यक्ष यादवले टिका लगाई पार्टी प्रवेश गराए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ