News Category 2078/08/29
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा अहिले पनि नागरिकता समस्या कायमै रहेकोले त्यसलाई समाधान गर्न जसपाले अग्रसरता देखाएको बताएका छन् ।
सप्तरीको तिरहुत गाउँपालिका १ मा बुधबार आयोजित वृहत पार्टी प्रवेश अभियानमा सम्बोधन गर्दै उनले मधेशमा जन्मको आधारमा दिइने नागरिकताको समस्या रहेकोले त्यसलाई समाधानका लागि पार्टीले ससंदमा आवाज उठाइरहेको बताए ।
उनले सो समस्या समाधानका लागि नागरिकता ऐन नै संशोधन गर्नुपर्ने आवश्यक रहेको उल्लेख गर्दै नागरिकता ऐन संशोधनमा अवरुद्ध भएको तर जसपाले नागरिकता दिलाउन अग्रसरता देखाएको बताए ।
मधेसमा ८० प्रतिशत नागरिक कृषिमा आधारित रहेकाले राज्यले सबैभन्दा बढी लगानी यसै क्षेत्रमा गर्नु पर्नेमा जोड दिए ।
जसपा तिरहुत गाउँपालिकाका संयोजक विरेन्द्र मिश्रको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साह, तिरहुत गाउँपालिकाकी उपाध्यक्ष तिर्थमाया खंग, वडा नम्वर ४ का अध्यक्ष मनोज यादव लगायतले पनि सम्बोधन गरेका थिए ।
सो कार्यक्रममा सय भन्दा बढी व्यक्ति विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अध्यक्ष यादवले टिका लगाई पार्टी प्रवेश गराए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ