News Category 2078/08/29
मलखाद्य उपलब्ध गराउन माग गर्दै किसानहरुद्वारा प्रशासन कार्यालय घेराउ
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
मलखाद्य नपाएको भन्दै सप्तरीका किसानहरुले बुधबार जिल्ला प्रशसन कार्यालय घेराउ गरेका छन् ।
मलखाद्यको अभावमा लगाइएको बाली समेत नष्ट भइरहेको भन्दै मलखाद्य उपलब्ध गराउन माग गर्दै उनीहरुले राजविराजमा प्रदर्शन गर्दै प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
प्रदर्शनका क्रममा किसानहरुले बुधबार दिउँसो राजविराजस्थित गजेन्द्र चौक, जनआन्दोलन चौक लगायतमा टायर बालेर आक्रोस जनाए । मलखाद्य नपाउँदा आक्रोसित बनेका किसानहरुले जिल्ला प्रहरी कार्यालय समेत घेराउ गर्न पुगेका थिए ।
एक सातादेखी गाउँपालिका तथा सदरमुकाम राजविराज दिनहुँ जसो धाउँदा पनि मलखाद नपाउँदा किसानहरु स्वस्फुर्त आन्दोलित भएका हुन् ।
कृषि सामाग्रि संस्थानको डिपोहरुमा समेत बिहानै देखी लाम लाग्दा पनि मलखाद पाउन नसकेको र रित्तै फर्कनु परेको उनीहरुको दुःखेसो पोखेका छन् ।
यसैबीच किसानहरु अन्दोलनमा उत्रेपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बुधबारै किसानका प्रतिनिधिहरुसँग वार्ता गरि अविलम्ब समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले माग अनुसारको मलखाद आपूर्ती हुन नसक्दा समस्या भएको बताए ।
तत्काल ३५ हजार बोरा मलखाद्य आवश्यक देखिएकोमा ७ हजार ८ सय ३० बोरा मात्र उपलब्ध हुँदा समस्या देखिएको कृषि सामाग्रि संस्थानका डिपो इन्चार्जहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ