News Category 2078/09/01

स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न

दैनिक समाचारदाता

स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न

दैनिक समाचारदाता
राजविराज, १ पुस ।  
    राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि नै प्राध्यापन पेशामा संलग्न रहेका दुई प्राध्यापकहरुको स्मरण गर्दै विहिवार राजविराजमा श्रद्धाञ्जली सभा गरिएको छ । 
    स्व. प्राध्यापक त्रिपुरारी शरणको दोश्रो स्मृति दिवस र स्व. प्रा.उमेश नारायण श्रीवास्तवको १६ औंं दिनको पुण्यतिथिमा सो श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । 
    आयोजित श्रद्धाञ्जली सभामा पूर्व क्याम्पस प्रमुख अमरकान्त झाले स्व. शरण आफ्नो पेशाप्रति पूर्णसन्तुष्ट रहेका र उनी हाम्रा अभिभावक समेत रहेको तथा श्रीवास्तव जस्ता भारतीय शिक्षकहरुले नेपालको शिक्षा क्षेत्रमा विशिष्ट योगदान दिएको स्मरण गरे ।
    सभामा प्रा.डा. पिताम्वरलाल यादव स्व. प्राध्यापकद्वय आदर्श शिक्षक र आदर्श  व्यक्तित्वको धनी तथा वहुप्रतिभाशाली व्यक्तित्व रहेको चर्चा गर्दै उहाँहरुको निधनले शिक्षा क्षेत्रलाई अपूर्णीय क्षति भएको उल्लेख गरे । 
    पूर्व शिक्षक खेलानन्द झाले प्रेरणका श्रोत रहेका स्व. प्राध्यापकद्वय अनुशासन, कर्तव्यपरायण, आपसी सम्बन्ध बलियो भएका व्यक्तित्व रहेको चर्चा गरे । सोही अवसरमा बरिष्ठ पत्रकार अनिल कुमार अनलले स्व. उमेश बाबुको बारेमा स्व. शरणजीले लेख्नु भएको लेख पढेर सुनाउदै स्वर्गीय प्राध्यापकद्वयको उत्कृष्ट विचार र व्यवहार बारे चर्चा गरे । 
    अधिवतmा वौद्धकृष्ण भगतको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाद्वारा संचालित श्रद्धाञ्जली सभामा प्रा. सुशिल कर्ण, अजय कुमार झा, हितनारायण लाल दासलगायतका वक्ताहरुले स्व. प्राध्यापकद्वयको व्यक्तित्व बारे चर्चा गरेका थिए ।  
    प्राध्यापक शरणको १६ डिसम्वर २०१९ मा ८१ बर्षको उमेरमा तथा प्राध्यापक श्रीवास्तवको १ डिसम्वर २०२१ मा ९२ वर्षको उमेरमा निधन भएको हो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट