News Category 2078/09/02
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सितलहरको समयमा स्थानिय तहले न्यानो कपडा, दाउराको प्रबन्धका साथै समुदायमा सुचनाको पहुँच पु¥याए मानविय क्षति कम हुने बताएका छन् ।
कोशी पीडित समाजको आयोजना तथा डब्लुएफपिएको सहयोगमा शुक्रबार बिपद पूर्व तयारी र अग्रिम कार्य वारेमा संवाद कार्यक्रममा सरोकारवालाहरू सँग सो कुरा बताएका हुन् ।
सितलहरका कारण बर्षनी दर्जनौ मानिसहरूको मृत्यु हुने गरेकाले स्थानिय निकायले बिपन्न, गरिव घरधुरीलाई पहिचान गरि सिरक, कम्बल र दाउराको प्रबन्ध मिलाउन स्थानिय जनप्रतिनिधिलाई आग्रह पनि गरे ।
बिपद जोखिम न्युनिकरणका लागि बैठकलाई निरन्तरता दिनु आबश्यक देखिएकोले यसका लागि तत्काल प्रतिकार्य गर्न संयन्त्रहरू सबल हुन जरुरी रहेको र सामाजिक संघसंस्थाको ¥यापिड रेस्पोन्स डेस्क खडा गर्न पर्ने उनले औल्याए ।
प्रजिअ गौतमले भने, “संकटको बेला सूचना पाए मात्र राहत कहाँ कहाँ बितरण गर्ने थाहा हुन्छ, तर विपद्को अवस्था आउन नदिन तथा नियन्त्रण र जोखिमबाट कसरी बच्ने र उद्धार गर्ने भन्ने सहकार्य गर्न अति आवश्यक रहेको छ ।”
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, तिलाठी कोईलाडी गाउपालिकाका अध्यक्ष सतिश कुमार सिँह, राजगढ गाउपालिका अध्यक्ष प्रमानन्द यादब, सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्ले, स्वास्थ कार्यालयका प्रमुख दुनियालाल यादब, शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख बिजय मण्डल, रेडक्रसका अध्यक्ष जोगेन्द्र भगत, डब्लुएफपिएका नितेश श्रेष्ठ, प्रदेश २ का कृष्ण माझी, नेपाल पत्रकार महासंघका सहसचिव चन्दनकुमार यादब, पत्रकार परिष कर्ण लगायत स्थानिय तहका प्रतिनिधिहरू उपस्थिति रहेको थियो ।
कोशी पीडित समाजले तिलाठी कोईलाडी, राजगढ गाउपालिका, हनुमाननगर कंकालनी नगरपालिका र छिन्नमस्ता गाउपालिका बिपद जोखिम न्युनिकरण सम्बन्धी प्रतिकार्य गर्दै आएको केभिएसका प्रविण यादबले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ