News Category 2078/09/02
श्याम महोत्सव मनाईदै
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
मारवाडी समुदायले मनाउदै आएको श्याम महोत्सव राजविराजमा विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
श्री श्याम अमृत वर्षा नाम दिइएको महोत्सव अन्र्तगत बालाजी श्याम भक्तमंडल राजविराजले शुक्रबार रथयात्रासहित विभिन्न धार्मिक कार्यक्रम गरी महोत्सव मनाउन लागेको हो ।
दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन शुक्रवार मारवाडी समुदायका महिला, पुरुष र बालबालिकाको सहभागितामा नगरक्षेत्रमा श्याम निशान रथयात्रा निकालिएको छ ।
रथयात्रामा अन्य धर्मावलम्बी तथा विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता थियो । नाचगान गर्दै निकालिएको रथयात्रा र धार्मिक गितका साथ स्थानिय दास धर्मशालामा पुगी रथयात्रा धार्मिक समारोहमा परिणत भएको थियो ।
महोत्सव अन्तर्गत शनिवार रसभरी भजन सन्ध्या, महाप्रसाद, अखण्ड ज्योती प्रज्जवलन, फुलको होली लगायतका धार्मिक कार्यक्रम हुने तय भएको छ ।
उक्त महोत्सवमा नेपालका साथै भारतको दिल्लीका चैतन्य दाधिव, राँचीकी श्वेता अग्रवाल, जयनगरका सोनु र मयंकद्वारा प्रवचन प्रस्तुती र साँस्कृतिक लगायत धार्मिक कार्यक्रम हुने तय भएको आयोजक बालाजी श्याम भक्त मण्डल राजविराजले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ